मावि शिक्षकहरुले माग दिए स्थानीय पालिकाहरुमा धर्ना

मावि शिक्षकहरुले माग दिए स्थानीय पालिकाहरुमा धर्ना
काठमाडौं।, जेष्ठ ११ गते
माध्यमिक विद्यालय (कक्षा ११÷१२) तहमा कार्यरत शिक्षकहरूले बुद्धबार देशभर स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाए आफ्ना मागहरु सम्बोधनकालागि सरकारको ध्यानाकर्षण गराएका छन् । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह अन्तर्गत रहेकाले पेसागत साझा संगठनका रुपमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन नेपालका जिल्ला र पालिकास्तरका शाखाहरुले स्थानीय तहरुमा ज्ञापन पत्र बुझाएका हुन । ज्ञापनपत्र बुझाउन पुगेका शिक्षकहरुले देशभरका स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइहरुमा दबाबमूलक धर्ना समेत दिएका थिए ।


मावि शिक्षकहरुको साझा माग र पटक पटकको आन्दोलनको उपलब्धिको रुपमा रहेको सम्झौताहरु कार्यान्वयनमा ल्याउन ज्ञापन पत्र बुझाउँदै दबाबमूलक धर्ना पनि दिएको हुन । देशभर मावि कक्षा ११ र १२ मा कार्यरत ६ हजार शिक्षकहरु मध्ये २ हजारको मात्रै दरबन्दीमा कायम रहेको बेला अन्य ४ हजार शिक्षक अनुदानमा कार्य गर्नुपर्ने बाध्यता छ । बिगत ३० वर्ष देखि क्रियाशिल रहेको शिक्षकहरु ६० वर्ष उमेरहदले खालि हात अवकासमा जानुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । देशभर ७ लाख भन्दा बढी विद्यार्थी पढ्ने विद्यालयहरुमा पर्याप्त शिक्षकको दरबन्दी ब्यवस्थापन नगरिदा गुणस्तरीय शिक्षामा प्रत्यक्ष परोक्ष असर पारिरहेको जिकिर गरिएको छ ।


महासचिव टिकाप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा अनुदानमा क्रियाशिल ४ हजार शिक्षकहरुलाई शिक्षा ऐन मार्फत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्न आवश्यक पहल कदमी गराउन, ७८०५ थप दरबन्दी सृजना गर्दै जेष्ठताका आधारमा आंशिक शिक्षकहरुलाई समेत विशेष सुविधा सहित स्थायी प्रकृृयामा लानुपर्नेमा जोड दिदै प्राविधिक विद्यालयका शिक्षकहरुलाई पनि अन्तरिक प्रतिस्पर्धाबाट स्थायी गनुपर्ने भनिएको छ । साविक उच्च मावि तहमा लामो समय देखि कार्यरत शिक्षकहरुको कुनै पनि पेशागत सुरक्षा नभएको र नेपाल सरकारको आर्थिक वर्ष २०७७।७८ को बजेटमा समेत सार्वजनिक निकायमा कार्यरत अस्थायी तथा करार सबै कर्मचारीलाई योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा ल्याउने व्यवस्था गर्ने उल्लेख भएकाले उक्त शिक्षकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था मिलाउन माग गरेको छ । जारी ज्ञापन पत्रमा शिक्षकहरुका विभिन्न माग र सुझाव सहित १२ वटा बुद्धाहरु उल्लेख गरिएको छ ।