सदस्य ठग्नेले पनि मनाउँछन् सहकारी दिवस !
भक्तपुर, चैत्र २० गते
सहकारी संस्थामा ब्यापारीलाई निषेद नगरेसम्म सहकारी संस्था सुद्धिकरण नहुने कुरामा जोड दिदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ६६ औं सहकारी दिवसको अवसरमा सहकारीले कृषि उत्पादनमा जोड दिन आग्रह गर्नु भयो । भक्तपुरमा आयोजित ६६ औं राष्ट्रिय सहकारी दिवसको सभामा सम्बोधन गर्दै अध्यक्ष विजुक्छेले आज भन्दा ३ सय वर्ष अघि सामन्त, शोषकहरु विरुद्ध किसानहरुले संगठित रुपमा सहकारीको विकास गरेको धारणा राख्नु भयो । भक्तपुरका सहकरीहरुले संयुक्तरुपमा मनाएको राष्ट्रिय सहकारी दिवसको अवसरमा कमलविनायकबाट ५०, सूर्यविनायकबाट ३८ र दुधपाटीबाट ७४ सहकारी संस्थाहरु गरी १६४ संस्थाहरुले प्रभातफेरी आयोजना गरी भक्तपुरको तौमढी चोकमा सहकारी दिवस मनाएका हुन ।
सदस्य डुवाउने, थग्ने सञ्चालकहरु नैं राष्ट्रिय सहकारी दिवस मनाउ अग्रपक्क्तिमा उभिएपछि भक्तपुरमा छुट्टै सहकारी दिवस मनाउनुपरेको उल्लेख गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले स्वनियमण र अनुशासित ५ वटा सहकारीको घोषणा गर्नु भयो ।
सो अवसरमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिझालले सहकारीको नाममा निजि कम्पनी चलाउने ठगहरुको कारणले सहकारी क्षेत्रमा नेपालमा कालोबादल छाएको बताउनु भयो । भक्तपुरका रैठानेबासीले चलाएको सहकारीमा समस्या नभएको उल्लेख गर्दै उहाँले जिल्लाको सहकारी अभियान प्रशंसनीय रहेको बताउनु भयो । उहाँले आउँदै गरेको विस्का जात्रालाई पनि सभ्य र सुसंस्कृतिक रुपमा मनाउन आग्रह गर्नु भयो । सहकारी संघ संस्थाहरुको तर्फबाट बोल्दै भक्तपुर सहकारी संघका अध्यक्ष केदार खड्काले सहकारी संस्थामा देखिन थालेको समस्या सहकारी सञ्चालकहरु समुदायमुखि हुन नसक्दा भएको जिकिर गर्नुृ भयो भने भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि बल्लले यस वषको ६६ औं राष्ट्रिय सहकारी दिवस “सहकारी दिगोपन स्वनियमण र सुशासन” नाराका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरी ३ दिन सम्म मनाइरहेको जानकारी दिनु भयो ।
Featured Posts – Style 1
महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता
2026-05-30 Comments Off on महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता
महिनावारी स्वच्छता दिवसका अवसरमा ललितपुरमा बृहत् साइकल र्याली, संसदमा मुद्दा लैजाने प्रतिबद्धता ललितपुर, १४ जेठ । महिनावारी सुरक्षा र स्वच्छताका...
सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
2026-05-30 Comments Off on सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डाकाठमाड ौँ , नेपाल । २६ मे २०२६प्रख्यात एनएनएमजीए/आइएफएमजीए (NNMGA/IFMGA) नेपाल नेसननल माउण्टेन गाइड एसोवसएसन/इन्टरनेसनल फेडेरेसन...
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
2026-05-29 Comments Off on भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन २०८३ जेठ १५ भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले...
भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
2026-05-29 Comments Off on भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमाभक्तपुर, जेष्ठ १५ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले फैसला कार्यान्वयन तर्फका ४४ जना फरार...
भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
2026-05-29 Comments Off on भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमा
भक्तपुर प्रहरीद्वारा लागु औषध सहित मानिस नियन्त्रणमाभक्तपुर,भक्तपुर प्रहरीले लागू औषध सहति मानिस नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा परेको व्यक्ति...













