भक्तपुर । हालैको वर्षाले भक्तपुरका इटाभटाहरुका करोडौं इटा नष्ट भएपछि व्यवसायीले कर छुटको माग राखेका छन् । व्यवसायीहरुका अनुसार करिव पाँंच करोड बराबरको इटा नष्ट भएको छ । उनीहरुका अनुसार प्रतिइटाभटा करिव आठ लाख काँंचो इटा नष्ट भएका छन् । यहाँं ६२ वटा इटाभटाहरु सञ्चालनमा छन् । यस हिवासले चार करोड ९० लाख इटाहरु नष्ट भएका छन् ।
भक्तपुर इटा उद्योग व्यवसाय संघका अध्यक्ष नातिभाइ ह्योम्वाले पिक आवरमा भएको वर्षाले असाध्यै समस्यामा पारेको बताए । ययले व्यवसायीहरुलाई मर्नु र वाँंच्नुको अवस्थामा पुयाएको उनले बताए । यो महिना सवैभन्दा वढी धुमधामका साथ काम भएर इटा उत्पादन हुने समय हो ।

इटाभटाहरुमा गएको पुस १० गते इटा पोल्नका लागि आगो लगाइएको थियो । नियम अनुसार इटाभटामा सवैले एकैपटक आगो लगाउनुपर्छ । त्यो भन्दा अगाडि आगो लगाउन पाइँदैन । बरु नसक्नेले त्यो भन्दा पछाडि लगाए पनि हुन्छ ।
भर्खरै आगो लगाउन सुरु गरेर तीव्र रुपमा इटा उत्पादन सुरु भइरहेको बेला काँंचो इटा नष्ट भएर आगो नै निभाउनुपर्ने अवस्था आएको अध्यक्ष ह्योम्वाले बताए । यसकारण सरकारबाट कर छुट हुनुपर्ने माग उनले राखे ।
यहाँंका अधिकांश इटाभटाहरु चाँंगुनारायण नगरपालिकामा छन् । नगरपालिकाले प्रति इटाभटा वार्षिक सात लाख कर लिने गरेको छ । साथै आन्तरिक राजश्व विभागमा पनि कर तिर्नुपर्छ ।












