कल्पनाले थालिन् बालविवाहविरुद्ध अभियान
ललितपुर । बिश्वकीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले दोस्रोपटक बालविवाहविरुद्ध अभियान थालेकी छिन् । ललितपुर महानगरपालिका स्थापना भएको १०० औ वर्षगाँठ र संस्कृतिविद्ध शताब्दी पुरुष डा सत्यमोहन जोशीको स्मृतिमा महर्जनले ललितपुरको महालक्ष्मी नगरपालिकाबाट अभियान थालेकी हुन् । तिब्बतबाट सफलतापूर्ण आरोहण गर्ने समयमा सगरमाथाको शिखरबाट उदघोष गरेको शिक्षाको माध्यमले बालबिवाह रोकथाम अभियानलाई निरन्तर दिने क्रममा महालक्ष्मी नगरपालिका भित्रका १५ ओटा सरकारी विद्याालयका प्रध्यानाध्यापकहरुसँग छलफल गरेर यो अभियानको थालनी गरेर उनले यो अभियानको थालनी गरेकी हुन् । यस अभियानको लागि महालक्ष्मी नगरपालिकाको प्रमुख शिक्षा अधिकृत चिरिञ्जीवी पौडेलको विशषे भूमिकामा अभियान सुरु गरिएको छ । शान्ति शिक्षा अभियान नेपाल संस्थासँग मिलेर राजधानीसँगै जोडिएको महालक्ष्मी नगरपालिकाको दुर्गम क्षेत्रहरुमा पनि बालविवाह भइरहेको हुँदा यस अभियानलाई यहाँ पनि सुरुवात गरेको उनले बताइन् । बालबिवाह रोकथाम अभियानका अभियन्ता महर्जनले यस अभियानमा नगरपालिकाभित्रका सम्पूर्ण ब्यक्तिहरुमा सहयोगको आग्रह गरिन् । साथै अभियानका लागि आर्थिक, भौतिक, नैतिक सहयोगको लागि पनि उनले आग्रह गरिन् ।












