खाद्य पसल अनुगमन, ढक तराजु नविकरण गर्न निर्देशन

खाद्य पसल अनुगमन, ढक तराजु नविकरण गर्न निर्देशन

भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा खाद्य पसल र मिनिमार्ट अनुगमन गरियो । अनुगमनमा शिब शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट संचालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर नविकरण नगरी संचालन भएको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर नविकरण नभएको बारे बुझ्दा शिवशिखर बहुउद्देश्यीय सहकारीले मुद्दा गरेकै कारणले वडा कार्यालयले नविकरण नगरिदिएको साथै बहाल कर समेत नलिएको त्यहा“का कर्मचारीहरुले जानकारी दियो । त्यस्तै मेगा मार्ट(विग मार्ट) पसल नविकरण नभएकोले नविकरण गर्न निर्देशन दियो । त्यस्तै विनायक किराना कन्र्सन ‘ख’ श्रेणीमा दर्ता भएकोले ‘क’ श्रेणीमा अपग्रेड गरी र थोक विक्रिमा दर्ता गर्न निर्देशन दियो भने म्याद नाघेको फनपिल विस्कुट २ पाकेट जफत गरी नष्ट गरियो । त्यस्तै नवदुर्गा मल्टि स्टोर(साथी मार्ट) प्याकेजि· सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र विक्रि वितरण गर्न र ढक तराजु नविकरण गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बतायो ।
अनुगमन समितिका सदस्यहरु रिता फसिकवा, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, उद्योग बाणिज्य संघ भक्तपुरका गौतम सुजखु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी भैरब रावट, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी थियो ।