दशैंको लागि कमलबिनायकमा मासु पसल अनुगमन

दशैंको लागि कमलबिनायकमा मासु पसल अनुगमन
भक्तपुर, १२ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेको आठ वटा मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा अधिकाशं पसलहरुले दर्ता नविकरण र सरसफाईमा ध्यान नदिएको संयोजकले बताउनु भयो । साथै सरसफाइमा ध्यान दिन र भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राख्न, तराजु नविकरण नभएकोले नविकरण गर्न, मासु सफा गरेको पानी ढलनिकासमा सजिलै जाने गरी निकासको व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न र कामदारलाई बुट र पञ्जाको व्यवस्था गर्न निर्देशन दिएको बताउनुभयो ।

अनुगमनमा कार्यविनायक मिट सप एकदम फोहर र व्यवस्थित नभएकोले व्यवस्थित र सफा गर्न र पसल नविकरण नभएकोले नविकरण गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै सिद्धिगणेश मिट सप नविकरण गर्न , तराजु नापतौल विभागमा नविकरण गर्न, मासु झिंगाले नभन्किने गरी र धुलो नपस्ने गरी जाली वा सिसाको बाकस बनाई व्यस्थित गर्न, सरसफाईमा ध्यान दिन निर्देशन दिई तीन दिन भित्र नविकरणन कागजात लिई कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै कमलबिनायक मिट सपमा दर्ता नभएको र तराजु दुई वटा नापतौल विभागमा नविकरण नभएकोले तराजु दुई वटा जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिई पसल दर्ता गर्न, तराजु नविकरण गर्न, मुल्य सुचि राख्न, एप्रोन सेतो प्रयोग गर्न, भुई भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राखी पसल व्यवस्थित र सफा गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
त्यस्तै जुजु मिट मार्ट नविकरण गर्ने र सेतो एप्रोन प्रयोग गर्न निर्देशन दियो ।
त्यस्तै नविन मिट सप नविकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न र तराजु नविकरण नभएकोेले जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै सुरेन्द्र मिट सप पसल व्यवस्थित गर्ने र सफा गर्न निर्देशन दियो ।
त्यस्तै कमलबिनायक मिट सप नविकरण कागजात नभएकोले कागजात लिएर तीन दिन भित्र उपस्थित हुन र मुल्य सुचि राख्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो ।
त्यस्तै विकास मिट सप एप्रोन सेतो प्रयोग गर्न र सरसफाईमा ध्यान दिने निर्देशन दियो ।
अनुगमनमा अनुगमन समितिका सदस्य ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न।नि। दिलिप कुमार सुवाल, व।नि।रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उद्योग बाणिज्य संघ भक्तपुरका राजेश त्वानाबासु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बरिष्ठ सहायक निरिक्षक नारायण बहादुर चुवान र भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपालक्ष्मी प्रजापतिको सहभागी थियो ।