बक्सिङ संघद्वारा असल बैठक प्रणाली र निर्णय पुस्तिका लेखन तालिम आयोजना

बक्सिङ संघद्वारा असल बैठक प्रणाली र निर्णय पुस्तिका लेखन तालिम आयोजना
भक्तपुर, १४ श्रावण । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा असल बैठक प्रणाली र निर्णय पुस्तिका लेखन तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हल जगातिमा एक समारोह बीच शनिवार सम्पन्न भयो । प्रमुख अतिथि उकेश कवाँले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नु भयो भने प्रशिक्षकहरु के.बि.प्रजापति र सञ्जय मानन्धरलाई मायाको चिन्ह प्रदान गर्नुभयो ।


प्रमुख अतिथि उकेश कवाँले असल बैठक प्रणालीसंगै खेलाडीहरुलाई बाहिरी जिल्ला वा विदेशमा भाग लिन जाने बेलाको प्रतिवेदन लेख्न सक्ने गरी प्रतिवेदन लेखन तालिम पनि दिनु पर्ने सुझाब दिनुभयो । उहाँले संघ संस्था र व्यक्तिहरुमा भ्रष्ट्राचार व्याप्त भएकोले कहि कतै बैठकमा जान्दा उपस्थिति अन्तिममा निर्णय हेरेर मात्रै गर्नुपर्ने बताउँदै न्यायलय, प्रहरी प्रशासन र सेनामा समेत भ्रष्ट्राचारको विगविगि भई सकेको बताउनुभयो । उहाँले सरकारले एसपिपिमा सहभागी नहुने पत्र पठाई सकेको अवस्थामा अष्ट्रेलियामा प्रधान सेनापति एसपिपिको कार्यक्रममा के को आधारमा सहभागी भएको रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयको स्विकृतिमा गएको हो वा हाईन भनि प्रतिप्रश्न गर्नुभयो । उहाँले सेना प्रमुखहरु भारतमा तालिम लिन जाने र अमेरिकाको समर्थनमा कार्य भई रहेकोले कुनैपनि बेला सेनाबाट कु हुन सक्ने आशंका व्यक्त गर्नु भयो । उहाँले अमेरिका जहाँ पुग्यो त्यहाँ हत्याहिसां र आतंक मचिरहेको इराक, लिविया, सिरिया, युक्रेन लगायत विभिन्न देशको उदाहरण दिनुभयो । उहाँले अमेरिका र युरोपको उक्साहतले रुस युक्रेन युद्ध भई विश्वको बा¥ह प्रतिशत अन्न र रुसले सत्तरी प्रतिशन तेल र ग्यास आपूर्ति गर्ने देशमा युद्ध हुँदा अहिले विश्वमा अभाव सिर्जना भएको बताउनुभयो । उहाँले अमेरिका संसारको व्यापार कब्जा गर्न चाहन्छ तर ल्याटिन अमेरिका नै अमेरिकाको दबाव र हस्तक्षेपकारी नीतिले विरुद्ध देखिएकोले नेपाल मार्फत चीनमा पनि व्यापार कब्जा गर्न एमसिसि र एसपिपि आएको हो यसले युद्ध निम्तिने बताउँदै युद्ध भए हाम्रो जस्तो विकाशोन्मुुख देश नै पहिला पिल्सिने भएकोले अहिले शासक दलले लिएको परराष्ट्र नीति गलत छ भन्नुभयो । उहाँले सेना भ्रष्ट भएपछि देशको सार्वभौमिकता गुम्ने बताउँदै श्रीलंकामा जस्तै आर्थिक मन्दि आउन सक्ने र भारतसंग मात्र १९ खर्बको व्यापार घाटा रहेको बताउनुभयो । उहाँले मल कारखान खोल्न १६ खर्ब लाग्ने प्रतिवेदन अनुसार बर्षमा मलमा खर्बौं अनुदान दिई रहेकोमा मल कारखाना खोलेको भए मलको अभाव नहुने र कृषिमा उब्जनी बढ्ने साथै भारतलाई साढे तीन रुपैंयामा विधुत बेचिरहेको मल कारखान खोल्न प्रयोग गरेको भए मल सस्तोमा पाउने बताउनुभयो । उहाँले देश मजदुर किसानले होइन शासक दलका नेताहरुले विगारेको बताउँदै नगरकोटमा रग्बी रंगशाला बनाएर भक्तपुर बासीले खानु पर्ने पानी सिध्याउने नियतले काम गरेको आरोप लगाउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले महेश्वरी खेल मैदान, शहिद स्मृति खेल मैदान र टेबुलटेनिस कर्वड हल निर्माणमा जोडतोड लागि रहँदा सरकारले असहयोग गरेको र खेल मैदान बनाउन स्विकृति समेत दिन गा¥हो मानेको बताउनुभयो । उहाँले देशघाती नागरिकता विधेयक न्युन सांसदले पारित गरेको बताउँदै शासक दलहरु जनताको मतधिकार कम मात्र दिएर थोरै संख्यालाई मतदान गराएर जित्ने सोच प्रजातान्त्रीक नभएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले खेलाडीहरु खेलको निम्ति मात्र नभई देश र जनताको सेवा समर्पित हुनु पर्ने बताउनुभयो । उहाँले खेलाडीहरुले पनि देशको हरेक कुराको जानकारी पाउन र असल नागरिक तयार गर्ने उदेश्यले यस्ता गतिविधिहरु गर्दै आएको र तालिममा सिकेका कुराहरु अरुलाई पनि सिकाउन र ज्ञान भनेको जति बाँड्यो त्यति नै बढ्ने बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउने सहयोग गर्ने केदारनाथ बचत तथा ऋण सहकारी लगायत सबैलाई धन्यवाद दिनुभयो भने कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखु, प्रशिक्षक के.बि.प्रजापति, निर्वतमान अध्यक्ष केशब त्वानाबासु, प्रशिक्षार्थीहरुबाट तुल्सीराम ग्वाछा, स्वागत कोषाध्यक्ष लक्ष्मी प्रसाद दुवाल र संचालन सचिब साजन लघुले पनि बोल्नु भएको थियो ।
तालिममा असल बैठक प्रणाली, निर्णयका चरणहरु र माइन्युटिङ्ग लेखन बारे के.बि.प्रजापति र सञ्जय मानन्धर र तालिम के हो भने बारे संघका अध्यक्ष रामकृष्ण प्रजापतिले तालिम दिनुभएको थियो ।