कर्मचारीको वेवास्ताले गर्दा सार्वजनिक शौचालय दुर्गन्धित !
म बाहिर जिल्लाबाट दत्तात्रयमा धुम्न आएकोले भक्तपुरको प्रशंसा धेरै सुने र शौचालय नै मन्दिर जस्तो । त्यहि सोचमा २०७९ असार २१ गते दत्तात्रय पुगेर शौचालय गएको पैसा लिन्छ भनेर गएको शौचालयमा बस्ने कर्मचारी नै थिएन । पैसा तिर्नलाई स्थानीयसंग सोध्दा पैसा कारोबारको लागि ब्रम्हायणी गएको २ घण्टाभन्दा बढी भयो तर अहिलेसम्म आएन भनेर कराउँदै थियो । त्यसरी शौचालय सफा नगर्ने, नबस्ने र वेवास्ता गर्नेलाई कार्यवाही हुन कि हुँदैन? भन्नेबेला एकदम कडा गर्छ भन्छ तर कर्मचारीको ताल हेरेपछि सबै ठाउँमा त्यस्तै रहेको अनुभव भयो । नेपालको पहिलो बन्न सफल नगरपालिका त्यस्ता कर्मचारीहरु बदनाम गर्ने देखियो । शौचालय दुर्गन्धित नहोस् भने मेरो चाहना हो तर त्यहाँ त्यसो भएको छैन । शौचालयका सफाई मजदुर अधिकांश नबस्ने र आएपनि एकचोटी सफा गरेर भाग्ने गरेको सुनियो । त्यस्तो किन भयो निज सफाई मजदुरले धेरै जनाको पैसा लिएर नतिर्ने लाखौंलाख लिनुपर्नेहरुले पैसा लिन आउने धेरै रहेकोले ड्युटी नगरी सफा गरेर जाने गरेको रहेको स्थानीयको गुनासो रहेछ । भक्तपुर नगरपालिका जस्तो अनुशासित, इमान्दार, र कर्तव्यनिष्ठ जनप्रतिनिधि र कर्मचारी भएको साथै पारदर्शी नेपालमा हस्ताक्षर गरेका कर्मचारीहरु बिस्तारै कर्तव्यबिमुख हुँदै गयो कि भने जनताहरु रणभुल्लमा पर्न थालेको छ । त्यसैले कर्मचारी सचेत पार्न पाठक पत्र पठाएको छु ।
सर पौडेल, दाधि·
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













