भक्तपुर निर्वाचन अपडेट, मादलको विजय र्याली, अन्यमा मतगणना जारी
भक्तपुर, जेष्ठ ३ गते
भक्तपुर नगरपालिकाको प्रमुख देखि वडा सदस्यसम्म अत्यधिक बहुमतले नेमकिपाका उम्मेदवारले सोमबार जित हासिल गरिसकेपछी आज विजय र्याली गर्ने भएको छ । सो नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २९२०० मत लिएर विजयी भएका हुन भने उपप्रमुखले २९६९५ मत पाएर विजयी भएका हुन । निकतम प्रतिद्वन्दीले मेयर उपमेयरमा रुख र सूर्यले ३३५२ र २७८४ मात्र प्राप्त हुँदा भक्तपुर नगरका विजयी उम्मेदावार बाहेक प्रतिस्पर्धी सबै उम्मेदवारहरुको जमानत जफत हुने भएको छ । यस वडामा ५७२७० मत दाता रहेकोमा ४३३५९ मत खसेको थियो ।
मध्यपुर थिमी नगरपालिकाको ५ र ६मा लोकतान्त्रिक
मध्यपुथिमी नगरपालिकाको वडा नम्वर ५ र ६ मा लोकतान्त्रिक गठबन्नदनले जितेको छ । ५ वडामा कांग्रेसका बालकृष्ण श्रेष्ठले २३६२ मत पाएर विजय भएका हुन । उनको निकतम प्रतिद्वन्दी एमालेका राध्येश्याम प्रजापतिले १३९३ मत पाएका थिए सो वडामा एक वडा सदस्य र महिला सदस्यमा सूर्यको जित भएको थियो भने वडा नम्वर ६ मा नेकपा माओवादी केन्द्रका ज्ञानदास प्रजापतिले १७२३ मत लिएर प्यानल सहित जितेको छ । उनका निकतम प्रतिद्वन्दी सूर्यले १०२९ मत पाएका थिए ।
चाँगुनारायण ५ र ६ मा रुख र हलो
चाँगुनारायण नगरपालिका वडा नम्वर ५ मा रुखले मादललाई पछ्याउँदै अन्तमा जित हासिल गरेको छ । मादलले १३७१ मत प्राप्त गर्दा रुखका जयचन्द खड्काले १४२९ मत लिएर प्यानलसहित विजय गरेको छ भने वडा नम्वर ६मा राप्रपाका धनबहादुर लामाले १२०३ मत प्राप्त गरी पूरै प्यानल वियजी भएको छ ।सो वडामा हलो र रुख बीच चुनावी तालमेल भएको भन्दै अहिले हलो र रुखसँगसँगै विजय र्याली गरी रहेको छ।
सूर्यविनाक ४मा रुख र सूर्य
सूर्य विनायक नगरपालिका ४मा रुखका लछुराम न्यौपानेले एक वडा सदस्य सहित १७६२ मत लिए वडाध्यक्षमा विजयी भएको छ । सूर्यले १५३४ मत मात्र लिएको थियो भने सो वडामा ३ वडा सदस्य सूर्यले जितेको छ ।
३ नगरमा मेयर उपमेयरमा रुखको अग्रता
मध्यपुर थिमी नगरपालिकाको मेयरमा रुखका सुरेन्द्र श्रेष्ठ ११३०५ मतका साथ अग्रस्थानमा रहेको छ भने निकतम प्रतिद्वन्धी एमालेका मदनसुन्दर श्रेष्ठले ७८०७ मत प्राप्त गरेको छ । उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ९६५९ मत प्राप्त गरेको छ भने श्रेष्ठलाई पछ्याउँदै एमालेका उत्तरा नेपालले ६४८५ मत प्राप्त गरेको छ ।
चाँगुनारायण नगरपालिकाको मेयरमा ४२६३ मत लिएर सूर्यका पूर्व उपप्रमुख विना बास्तोलाले ४७१६मत लिएका रुखका जीवन खत्रीलाई पछ्याइ रहेको छ भने सूर्यविनायक नगरपाकिाका पूर्व मेयर बासुदेव थापाले ३८१० मत लिएर ४३२८ मत लिएका रुखका निशान ढुंगेललाई पछ्याइ रहेको छ।












