भक्तपुर, बैशाख २९ गते
निर्वाचनको पूर्वसन्ध्यामा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको निर्वाचन कार्यालय प्रांगणमा नमुना मतदान सम्पन्न गरेको छ । ४१ हजार भन्दा बढी मतदाता रहेको सो कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायको सहभागितामा निर्वाचन पूर्वतयारी स्वरुप नमूना मतदान कार्य सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जनाएको छ । सो मतदानमा २४ जनाले मतदान गरेको थियो । मतदानकोक्रममा हुन सक्ने समस्या र गुनासाहरु बारे जिज्ञासाहरु राख्र्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नमूना मतदानको प्रकृया मार्फत निर्वाचनलाई थप व्यवस्थापन गर्न सकिने धारणा व्यक्त गरेका छन् । भक्तपुर जिल्लामा १ लाख ८९ हजार ५ सय ८४ मतदाताहरुलाई सहजरुपले मतदान गराउनकालागि जिल्लाका ४ वटै नगरपालिकाका ७७ मतदान स्थलहरुमा २१९ मतदान केन्द्रहरु स्थापना गरिएको छ । मतदानस्थलमा आएका मतदातालाई १।२ मिनेटमै मतदान गर्न सकिने गरि मतदान स्थल र केन्द्र

को व्यवस्था भएको मुख्य निर्वाचन अधिकृत बास्तोला जनाएको छ भने मतदान स्थलहरुको सुरक्षाका लागि सुरक्षा निकायको संयुक्त टोली परिचालन हुने जिल्लाका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जनाएको छ । मतदाता नामाबली र मतदाता परिचय पत्रको क्रमसंख्या फरक हुँदा र परिचय पत्र बाहेक अरु सरकारी कागज मार्फत मतदान गराउँदा मतदाताको नाम खोज्न समय लाग्ने भएकाले विगतका निर्वाचनमा जस्तै स्थानीय स्वयम्सेवकहरुको सहयोगबाट हुन सक्ने धिलासुस्ती व्यवस्थित गर्न स्थानिय दलहरुसँग छलफल भएको भक्तपुर नगरपालिका वडा नं ४ का मतदाता अधिकृत कृष्ण मिजारले जनाएको छ।
समग्र जिल्लाको मतदान प्रकृया पूरा गर्न ११ सय कर्मचारी र १५ सय सुरक्षाकर्मीहरु तयारी अवस्थामा रहेको तथा सम्बन्धि मतदान केन्द्रहरुमा आवश्याक सामग्री सहित तयारी पूरा गरेको छ । निरन्तर पानी परेकाले भने कतिपय मतदान स्थलहरु हिलामय भएको टेण्डहरुमा पानी चुहिएको देखिएकाले सो क्षेत्रहरुका पुनः निरिक्षण गरी ब्यवस्थित गर्ने मुख्य निर्वाचन अधिकृत बास्तोलाले जनाएको छ । शुक्रबार विहान ७ बजे मध्यपुर थिमीको लोकंथलीको मतदान केन्द्रबाट निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट मतदान गरी जिल्लामा मतदान प्रकृया सुरु गर्ने तयारी भएको पनि अधिकृत बास्तोलाले जनाएको छ।














