एमसीसीको विपक्षमा मतदान हुने अध्यक्ष विजुक्छेको विश्वास

एमसीसीको विपक्षमा मतदान हुने अध्यक्ष विजुक्छेको विश्वास
भक्तपुर, बैशाख २७ गते
निर्वाचनको अन्तिम सभामा पनि एमसीसीको विरोध गर्दै नेपाल मजदुर किसान पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा एमसीसी पक्षधर र विरोधी वीचको लडाई हुने जनाएको छ । एमसीसीका कारण देश दुई भागमा विभाजित भएको उल्लेख गर्दै भक्तपुरको तौमधीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै नेमकिपा अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले एमसीसी सम्झौता गर्नेहरु देशद्रोही हुन, तिनीहरु कुकुर हुन, विदेशी दलाल हुन । देशभक्तहरुले त्यसको विरोध गर्नुपर्छ गर्नेछन्, प्रगतिशिलहरु एक हुने छन् भन्नु भयो । जो जो थिचोमिथोको विरोधमा छन् तिनीहरुले नेमकिपाको मादलमा मतदान गर्नेछन्, जो जो पक्षमा छन् तिनीहरुले कांग्रेस, एमाले, माओवादीलाई दिने छन् । यसरी देश दुई टुक्रामा विभाजित छ अध्यक्षम विजुक्छेले भन्नु भयो ।
एमसीसीका कारण वर्तमान र पूर्व प्रधानमन्त्रीहरुको ज्यान खतरामा छ भदै अध्यक्ष विजुक्छेले देशभक्त इराकका शासक सदामहुसेन, लिवियाका कर्नेल गडाफीको हालत जस्तै हुने विश्लेषण गर्नु भयो ।
देशलाई जोगाउन एमसीस पक्षधरहरुको विरोधमा संघषको विकल्प छैन भदै
अध्यक्ष विजुक्छेले सिद्धान्त र नैतिकताको बल बलियो हुने बताउनु भयो । यदि त्यसमा झुक्यो भने देश र जनतालाई ध्वका दिएको हुनेमा जोडदिदै यस विषयमा भक्तपुरमा मात्र होइन देशभर आन्दोलन जारी रहेको बताउनु भयो । एमसीसी विरुद्ध अन्तिम दम सम्म लड्ने, पुस्तौ पुस्तासम्म लड्ने, छोरा छोरी नाती पनातिसम्म लड्ने । २ सय वर्षसम्म ६ पुस्ता लडेपछि अग्रेजसँग भारत स्वतन्त्र भएजस्तै लड्नुपर्ने बताउनु भयो । ध्वकेबाज, विस्वासघाटीहरु जनताबाट तिरस्कृत हुने उल्लेख गर्दै आज एमसीसीको विरोध नगरे भोलि एमसीसीको किन विरोध भएन, नेमकिपा कहाँ थियो । कहाँ लुकेर बस्यो जस्तो प्रश्नहरु तेस्रिने भएकाले पनि यसको विरोध गर्नुको विकल्प नभएको बताउनु भयो ।
पटक पटक सरकारमा गएका दलहरुको काम र व्यवहार सिद्धान्त अनुसार मजदुर र किसानको बारेमा नवोलकाले तिनीहरु कम्यूनिष्ट भन्नै नसकिने बताउँदै ७० लाख नेपाली युवाहरुलाई विदेश पठाएको, वर्षको २ खर्व खाद्यान्न हिन्दुस्थानबाट किनुपर्ने कस्तो व्यापार हो? अध्यक्ष विजुक्छेले प्रश्न गर्नु भयो । कमिशनकालागि ८० प्रतिशत गाडी हिन्दुस्थानबाट किन्नुले पनि नेपाली नेता र पार्टीहरु हिन्दुस्थानबाट किनेका छन् अध्यक्ष विजुक्छेले भन्नु भयो । एउटै कम्पनीको गाडीले दुर्घटना निम्तेर मानिसहरु मरिरहेको छ भन्दा भारत विरोध भनिन्छ । हामी भारतीय जनताको विरोधमा छैनन्, हामी जस्तै छन् भारतीय जनता अध्यक्ष विजुक्छे भन्नु भयो । जात, भाषा धर्मले साम्प्रदायिकता भत्किने भएकाले भारतमा फासिवाद र संकृनतावाद छाएको बताउनु भयो । विदेशीले भन्ने जस्तो चल्ने सत्तासिन दलहरु विदेशीको नोकर नभई दास नै भएको बताउनु भयो ।कर्मचारी भए सक्दिन भन्न सक्छ, राजीनामा दिन सक्छ तर देशघाटी एमसीसी पास गर्यो त्यसैले तिनीहरु भारतीय र अमेरिकन दास भएको बताउनु भयो ।
बहुमतिय प्रधानमन्त्री हुनेमा माओवादीलाई ५वर्षको अफरको कुरासँगै एमाले फुटेको हिन्दुस्थानको इसारा भएको, अदालतको निर्णय भन्दा निर्वाचनमा जाऔं भन्दा हिन्दुस्थानको दवाफमा आएको सरकार एमसीसी पास गर्नका लागि भएको बताउनु भयो । यो गलत छ, यस्को विरोध गर्नुपर्छ अध्यक्ष विजुक्छेले बताउनु भयो ।
देशमा प्रजातन्त्र हामीले ल्यायौ । हामीले ल्याएको प्रजातन्त्रको हामीले विरोध गर्दैनौ तर प्रजातन्त्रमा विरोध गर्ने अधिकार छ भन्नु भयो । प्रजातन्त्रमा सत्ता पक्षको कमजोरी औल्याउन विपक्षी हुने, विपक्षी बोलेपछि सरकार चुपलाग्नुपर्नेमा सबै दल एकतर्फ र नेमकिपा मात्र विपक्षमा रहेको बताउनु भयो ।
संसदीय समितिाट पास भइसकेको ख्वप विश्व विद्यालय हामीलाई दिएको छैन, अरु सबैलाई दियो अध्यक्ष विजुक्छेले गुनासो गर्नु भयो । आज रात छ भने भोली विहान हुने छ । त्यो भनेको क्रान्ति हुने छ । जति दवायो ति नै आन्दोलन बढ्ने बताउँदै सिद्धान्त नछाडौं, अनुशासनमा बसौं अध्यक्ष विजुक्छे निर्देशन दिनु भयो ।