आज मनाइयो, राष्ट्रिय पोशाक दिवस ।।

‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित आज राष्ट्रिय पोशाक दिवस मनाइएको छ । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतीघरमा सद्भाव ¥याली निकाली दिवस मनाएको छ । महाअभियानका संयोजक राजानन्द माण्डब्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको बताउनुभयो । उहाँले नेपालमा रहेका सम्पूर्ण जातजातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको बताउनुभयो । राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित २०७० साल यता पुष १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाइँदै आएको छ ।