भक्तपुर नगरपालिकाको एघारौं नगरसभामा राष्ट्रघाती एमसीसी खारेजीको माग ।
भक्तपुर । २०७८ माघ २७ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको सभाको बैठकमा नगरसभासद्हरुले देशघाती एमसीसी खारेजीको माग गरेको छ ।
सभाध्यक्ष प्रजापतिले नगरसभा वैचारिक छलफल र संघर्ष गर्ने थलो भएको बताउनुहुँदै आजको बैठकमा राष्ट्रघाती एमसीसीको विरोधमा आफ्ना विचारहरु व्यक्त गर्नुहुने सभासद्हरुलाई आफ्नो सांस्कृतिक र बौद्धिक विकासको लागि अझ थप अध्ययन अनुसन्धान गर्न प्रेरित गर्नुभयो ।
राजनैतिक दल आस्था र विचारको आधारमा स्थापित हुने र नेमकिपाको विचार सुरुदेखि अहिलेसम्म सही सावित भइरहेको हुँदा अहिले राजनीतिक प्रतिनिधित्वको आधारमा सानो दलको रुपमा रहे पनि कालान्तरमा यसको विचारले विजय प्राप्त गर्ने निश्चित छ भन्नुभयो ।
एमसीसीको विषयमा वर्तमान प्रधानमन्त्री र सत्ता गठबन्धनका माओवादी नेता पुष्पकमल दाहालले चार महिना अगाडि व्यक्त गर्नुभएको भिन्न विचारहरुमध्ये अहिले प्रम देउवाले भनेजस्तै सहमतिमा एमसीसीलाई पत्राचार गरेको प्रमाणित भएको हुँदा नेता दाहालले एमसीसीबारे जनतालाई ढाँटेको प्रमाणित भएको छ भन्नुभयो ।
सभाको विशेष समयमा बोल्नुहुँदै सभासद् राजेन्द्र माकले राष्ट्रघाती एमसीसीको विरोध गर्नुपर्नाका कारणहरुबारे प्रष्ट पार्नुहुँदै एमसीसी पारित भए नेपालको बौद्धिक सम्पत्तिमा अमेरिकाको एकलौटी अधिकार रहने खतरा औंल्याउनुभयो ।
सभासद् छोरीमैंया सुजखूले नेमकिपाले नेपालको सार्वभौमसत्ता रक्षाको लागि भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको थिचोमिचोविरुद्ध जनतालाई सचेत र संगठित पार्दै आइरहेको बताउनुभयो ।
त्यस्तै सभासद् तुल्सीलक्ष्मी दुमरुले देशका शासक दल र तिनका नेताहरूको सत्ता स्वार्थका लागि विदेशी शक्तिसामू झुक्ने प्रवृत्तिले देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि खतरा बढिरहेको बताउनुभयो ।
सभासद् पूर्णगोपाल राजचलले एमसीसीको विरोधमा नेमकिपाले सुरुदेखि आवाज उठाउँदै आइरहेको अवगत गर्दै एमसीसीको नाममा अमेरिकी अनुदान पाएका कुनै पनि देशको आर्थिक अवस्था माथि नउठेको प्रष्ट पार्नुभयो ।
सभामा बोल्नुहुँदै सभासद् रञ्जना त्वातीले नगरका अव्यवस्थित तारहरुको व्यवस्थापन र खानेपानीको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही क्रममा सभासद्हरु शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी, सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु र गोविन्द दुवालले एमसीसी संरा अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त सैन्य रणनीतिको अंग भएको हुँदा तत्काल खारेज गर्नुपर्ने, नेपाल सरकारले श्रीलंकाबाट शिक्षा लिई छिटो एमसीसी सम्झौता खारेज गर्नुपर्ने, शासक दलका नेताहरूको दलाली प्रवृत्तिकै कारण नेपाललाई अवाञ्चित किसिमको दबाब दिइरहेकोलगायतका धारणाहरु व्यक्त गर्नुभयो ।
बैठकले आ.व. २०७८।७९ को साउन १ गतेदेखि २०७८ माघ मसान्तसम्मको कार्यपालिका बैठक निर्णय विभिन्न समिति–उपसमितिको निर्णय प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तहबाट भएका सम्पूर्ण निर्णयहरु, आदेश र काम कारबाही सभाबाट अनुमोदन गर्ने निर्णय सर्वसम्मतिले पारित गर्यो ।
नगरसभाको अर्को बैठक २०७८ फागुन ३ गते मंगलबार बस्ने गरी स्थगित भयोे ।
Featured Posts – Style 1
२८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
2026-07-18 Comments Off on २८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
२८ औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भक्तपुर।२०८३ श्रावण २ गते शनिवार। श्री बाराही बचत तथा ऋण...
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
2026-07-18 Comments Off on नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दैभक्तपुर,भक्तपुर नगरको फोहर प्रशोधन केन्द्रबाट प्रदुर्षण फैलिएको भन्दै स्थानीयले विरोध जनाएका छन्...
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...














