भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न
३ पौष २०७८,
भक्तपुर उद्योग वाणिज्य संघले आगामी २ वर्षका लागि गर्ने महत्वपूर्ण कार्यहरुको पहिचान गर्न यहि पौष २ र ३ गते चन्द्रागिरी हिल्स्मा योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गर्यो । दुई दिने उक्त कार्यशाला गोष्ठीमा संघका नव निर्वाचित कार्य समिति तथा पूर्व अध्यक्ष एवं सल्लाहकारहरुको सहभागिता रहेको थियो । कार्यशालामा संघको निवर्तमान कार्य समितिले दुई वर्ष पहिले तर्जुमा गरेको कार्य योजनाको समिक्षा र बृहत छलफल गरी त्यसलाई परिस्कृत र परिमार्जन गरी नयाँ कार्य योजना तयार गरिएको थियो ।
कार्यशालाको समापन समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले भक्तपुर उद्योग वाणिज्य संघ जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुमा उत्कृष्ठ संघ मध्ये एक पर्ने भन्दै भविष्यमा महासंघ र भक्तपुर उद्योग वाणिज्य संघ मिलेर संघ व्यवस्थापन तथा विकासका लागि विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्दै अघिबढ्न सकिने बताउनु भयो । भक्तपुर उद्योग वाणिज्य संघले महासंघको स्थापना काल देखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हुनाले भविष्यमा पनि महासंघमा यसको प्रतिनिधित्व अपरिहार्य रहेको कुरा औंल्याउनु भयो । यस कार्यशालाले तर्जुमा गरेका विभिन्न योजनाहरुले संघका गतिविधिहरुलाई अझ सशक्त बनाउने विश्वास पनि व्यक्त गर्नु भयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धरले ५५ वर्ष पहिले स्थापना गरी संघलाई आजको अवस्था सम्म ल्याउन अग्रजहरुले पु¥याउनु भएको योगदानको स्मरण गर्दै आफू भन्दा पहिलेका १३ जना पूर्व अध्यक्षहरुले संघको विकास गर्न निर्वाह गर्नु भएको महत्वपूर्ण भूमिकाको लागि कृतज्ञता ज्ञापन गर्नु भयो । नेपाल भरीका जिल्ला नगरस्तरीय उद्योग वाणिज्य संघहरुबीच उत्कृृष्ठ संघको रुपमा राखी यसको पहिचानलाई अझ माथि उठाउन लागि रहने प्रतिबद्धता व्यक्त गर्दै संघलाई आर्थिक रुपमा सबल बनाउनु आफ्नो पहिलो प्राथमिकता रहने बताउनु भयो । आगामी दुई वर्ष संघले जिल्लाको व्यवसायिक कृषि, निर्यातमूखि हस्तकला एवं दिगो पर्यटन लक्षित कार्य गर्ने उल्लेख गर्दै सदस्यता बृद्धि, सदस्य हितका लागि तथा उद्योग वाणिज्य क्षेत्रको विकासका लागि जिल्लाका विभिन्न बस्तुगत संघहरु सित सहकार्य गरी अघिबढ्ने कुरा दोहो¥याउनु भयो ।
कार्यशालाका सहजकर्ता तथा व्यवसायिक संघ व्यवस्थापन विज्ञ श्री उत्तम झाले कार्य समितिको प्रभावकारिता, संघको व्यवस्थापन तथा विकास सम्बन्धी उपयोगी प्रस्तुतिकरण गर्नु भएको थियो । वहाँले संघको प्रभावकारिताका लागि ध्यान दिनु पर्ने महत्वपूर्ण बुँदाहरुमा केन्द्रित भई कार्यसमिति र सचिवालयले कार्य योजना तयार पार्नु पर्ने कुरामा ध्यानाकर्षण गराउनु भएको थियो । साथै सो गोष्ठीमा संघ अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरी प्रभावकारी ढंगले कार्यक्रमहरु लागू गर्ने विषयमा पनि छलफल भएको थियो ।
उक्त कार्यशालाको समापन कार्यक्रममा अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदय श्री भरत अचार्य, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री युवक राजभण्डारी, निवर्तमान अध्यक्ष श्री प्रदीप श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष श्री रोशनी मैयाँ धौबन्जाले पनि कार्यशालाको प्रभावकारिता सम्बन्धमा आ–आफ्नो बिचार राख्नु भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














