कप्तान मल्ल र उपकप्तान ऐरी पदमुक्त, सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी ।

कप्तान मल्ल र उपकप्तान ऐरी पदमुक्त, सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी ।।
नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ । क्यानको हिजो बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ । नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने पनि क्यानले निर्णय गरेको छ ।खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको भन्दै मल्लसहित केही खेलाडीले गुनासो गरेपछि क्यानलेस्पष्टिकरणसोधेको थियो । त्यसमा उनीहरुको जवाफ चित्त बुझ्दो नभएको र आचार संघीता पालना नगरेको भन्दै क्यानले कप्तान मल्लसहित चार खेलाडीलाई कारवाही गरेको हो ।