देशका धेरै ठाउँको तापक्रम एकदेखि साढे २ डिग्रीसम्म घट्यो, भोलि देशका केही ठाउँमा वर्षासँगै हिमपात हुने, ब्यायामका नाममा बिहान बेलुकी नहिँड्न डाक्टरको सुझाव ।।
अधिकतम तापक्रमसँगै न्यूनतम तापक्रम घटेपछि देशभरी नै चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित देशका धेरै ठाउँको तापक्रम एकदेखि साढे २ डिग्री सेल्सियससम्म घटेको छ । हिजो ४ दशमलव ३ डिग्री सेलिस्यस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान झण्डै १ डिग्रीले घटेको छ । काठमाडौंको आज बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जुम्लाको तापक्रम २ डिग्रीले घटेको छ । अस्ति माइनस ४ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको हिजो बिहानको तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै भैरहवाको न्यूनतम तापक्रम साढे २ डिग्री सेल्सियसले घटेको छ । अस्ति बिहान न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको भरहवाको हिजो बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यसैबीच चिसो अझै बढ्ने भएकाले बच्ने उपाय अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । भोलि बिहानपश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीसुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर सर्ने क्रममा उच्च पहाडी तथा हिमाली भूभागहरूका केही ठाउँमा हल्का हिमपात हुने र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पानी पर्ने भएकाले चिसो झनै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार यो प्रणालीको कारण न्यूनतमसँगै अधिकतम तापक्रम घटेर चिसो अझ बढ्ने छ । वर्षा र हिमपात हुने भएकाले पर्वतारोहण नगर्न उहाँको सुझाव छ । यस्तै हवाईरयातायात सेवासमेत प्रभावित हुने सम्भावना रहेको उहाँले सीआइएनसँग बताउनुभयो । तर आज दिउँसो भने देशका पहाडी भेगको मौसम आशिंक बदली भएपनि अरु ठाउँको मौसम सफा रहने मोसमविद् नगरकोटीको भनाइ छ । चिसोबाट जोगिन न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खानुपर्छ । सीआइएनसँग कुरा गर्दै डाक्टर प्रकाश दङ्गालले चिसो मौसममा बिहान बेलुकी सतहमा प्रदुषण बढ्ने भएकाले व्यायामको नाममा हिँडडुल नगर्न सुझाव दिनुभयो । उहाँले व्यायाम गर्नै पर्ने भए घरभित्रै व्यायाम गर्न पनि सुझाव दिनुभएको छ । विशेषगरी चिसो मौसममा फ्लूको सङ्क्रमण हुने भएकाले इन्फ्लूएन्जा खोप लगाउन पनि उहाँले सुझाव दिनुभएको छ । दम र श्वासप्रश्वासमा समस्या भएका व्यक्ति चिसोबाट जोगिनै पर्नेमा डाक्टर दङ्गालले जोड दिनुभयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














