राष्ट्रिय परीक्षा बोडद्वारा कक्षा १२ को परीक्षाफल सार्वजनिक ।

राष्ट्रिय परीक्षा बोडद्वारा कक्षा १२ को परीक्षाफल सार्वजनिक ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफल अनुसार ७ हजार ६३ विद्यार्थी ३ दशमलब ६ देखि ४ः० जीपीए प्राप्त गरि उत्र्तीण भएका छन् । नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको नतिजा सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो । यसपटक ४८ हजार ४९ जनाले३ दशमलब २ देखि ३ दशमलब ६ जीपीए ल्याएका छन् भने २ दशमलब ८ देखि ३ दशमलब २ जीपीए ल्याउने विद्यार्थी ७० हजार रहेका छन् । २ दशमलब ४ देखि २ दशमलब ८ जीपीए ल्याउने विद्यार्थी ९९ हजार ५ सय ३७ जना रहेका छन् । ० दशमलब ० देखि ० दशमलब ८ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या पनि १० हजार ७३ रहेको छ ।