सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने ।

सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने ।
सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले मङ्सिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको छ । आज बसेको पूर्ण बैठकले मङ्सिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले सीआईएनलाई जानकारी दिनुभयो ।यसअघि बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।
सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेका र निर्णय सुनाउने (निसु) मिति तोकिएका मुद्दाको पनि अब गोलाप्रथाबाट पेसी तोकिने भएको छ।यसअघि निसु तोकिएका र हेर्दाहेर्दैमा रहेका मुद्दा एउटै न्यायाधीशको इजलासमा पर्ने गरेका थिए। आजको बैठकले निसु तोकिएका र हेर्दाहेर्दैमा रहेका मुद्दाको पनि पुनः गोलप्रथामार्फत् पेशी तोक्ने निर्णय भएको हो।