घरदैलो नर्सिङ सेवा सञ्चालनबारे अभिमुखीकरण कार्यक्रम ।
२०७८ मंसिर ५ गते, आइतबार
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा प्रजनन् स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन र सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि समुदायस्तरमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा कार्यक्रमको लागि सफ्टवेयर र कार्यक्रमसँग सम्बन्धित विषयवस्तुमा अभिमुखीकरण कार्यक्रमको आइतबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले घरदैलो नर्सिङ सेवाबाट व्यापक जनता लाभान्वित हुने आशा व्यक्त गर्नुहुँदै घरदैलो नर्सहरुले घरघरमा गई विज्ञानसम्मत ढंगले आवश्यक स्वास्थ्य परामर्श दिनुपर्ने बताउनुभयो ।
विदेशमा काम गरेर ल्याएको पैसाबाट नेपालको विकास सम्भव नहुने बताउनुहुँदै उहाँले आफ्नै देशमा काम गर्न युवाहरुलाई उत्साहित गर्नुपर्छ भन्नुुभयो ।
स्वास्थ्य समस्याको समाधान विज्ञानसम्मत हुनुपर्ने बताउनुहुँदै उहाँले विज्ञान र प्रविधिको उपयोग सबै देशले समान ढंगले गर्न पाउनुपर्ने सिद्धान्त नै भूमण्डलीकरणको सिद्धान्त हो भन्नुभयो ।
मित्र राष्ट्र देश चीनले कोभिड विरुद्ध लड्न विश्वका १५० भन्दा बढी देशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको प्रसंग जोड्नुहुँदै उहाँले कोभिड रोग अमेरिकीसेनाहरु खेलकुद प्रतियोगितामा भाग लिन चीनको उहान सहरमा आएका खेलाडीहरुले सारेर विश्वमा फैलिएको पुष्टि भइसकेको तथ्य हो भन्नुभयो ।
स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका अधिकांश दीर्घरोगीहरु भएका कारण यस्ता रोगीहरुको उपचारको लागि आवश्यक केही थप औषधीहरु स्वास्थ्य बीमामा समावेश गर्नुपर्ने बताउनुहुँदै सांसद सुवालले स्वास्थ्य बीमाको औषधी विक्री वितरणमा मनोमानी बढेको सर्वसाधारण जनताको गुनासो रहेको हुँदा सोको विषयमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमै पहिलोपटक भक्तपुर नगरपालिकाबाट घरदैलो नर्सिङ सेवा सुरु गरिरहेकोमा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाको प्राविधिक सहयोग प्राप्त गरी अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै यो योजना देशकै निम्ति नमुना योजनाको विकास गरिँदै लाने बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालमा नर्स तथा आवश्यक चिकित्सक व्यवस्था गरी जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यअनुरुप आधुनिक र सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउनुहुँदै उहाँले समाजवादी देशहरुको स्वास्थ्य प्रणालीबाट भक्तपुर नपाले सिको गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले २०७४ साल भदौ ९ गतेबाट सुरु गरेको घरदैलो नर्सिङ सेवा कार्यक्रमबाट सफलता हासिल भएको बताउनुहुँदै कोभिड महामारीबीच नगरबासीहरुको साथ र सहयोगका कारण निकै छोटो समयावधिमा ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् स्वास्थ्य विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक प्रा. गोमादेवी निरौलाले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नेपालका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी समुदाय स्तरमा स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सञ्चालन कार्यक्रम अन्तर्गत नेपालमा पहिलोपटक भक्तपुरमा यस कार्यक्रमको सुरुवात गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो । उहाँले सामुदायिक स्वास्थ्य स्वयम्सेविका तथा नर्सहरुले सफ्टवेयरमार्फत गरिने तथ्यांक संकलनले राम्रो नतिजा दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राईले नेपाल सरकारको घरदैलो नर्सिङ कार्यक्रमको परिचय र उद्देश्यमाथि प्रस्तुतीमार्फत प्रकाश पार्नुभएको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














