नेपाल संवत्लाई मौलिक संवतका रूपमा प्रवद्र्धन गर्नुपर्छ स् अध्यक्ष बिजुक्छे ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिछुक्छेले मुलुकको मौलिक संवत्का रूपमा नेपाल संवत्लाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा आज चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको नेपाल संवत्को भित्तेपात्रो विमोचन कार्यक्रममा उहाँले यस संवत्लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न सकेमा देशको गौरव बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष बिजुक्छेले सबै जाति, समुदायका वेषभूषा तथा संस्कृतिले मुलुकमा समाजिक सद्भाव र एकता कायम राख्न सहयोग पु¥याउने उल्लेख गर्नुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राष्ट्रिय संवत्का रूपमा स्थापित नेपाल संवत्का विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । पुस्तकालयका अध्यक्ष सुनिल महर्जनले चन्द्रागिरि तथा त्यस आसपास क्षेत्रका स्थानीयवासीलाई विभिन्न सूचना तथा ज्ञान अभिवृद्धि गराउन पुस्तकालयको भूमिका रहेको बताउनुभयो । उक्त पुस्तकालयमा आर्थिक अभावका कारण खोजमूलक कृति सङ्कलन गर्न नसकेको सो अवसरमा महर्जनले जानकारी गराउनुभयो । कार्यक्रममा नेवारी संस्कृतिर्लाइ समेटेर सङ्कलन गरिएका विभिन्न तस्वीरका प्रदर्शनी गरिनुकासाथै प्रतियोगिताका उत्कृष्टलाई पुरस्कृत गरिएको थियो ।
Featured Posts – Style 1
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क विहिनभक्तपुर, भाद्र १० गतेआज बिहान करिब ९ बजे रसुवा भोटेकोशी आएको बाढी ले धेरैको...












