सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा छ स् गृहमन्त्री खाँण ।
गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा रहेको बताउनुभएको छ । विश्व ॐकार महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका उहाँले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताउनुभएको हो । “हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौँ, सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ”, गृहमन्त्री खाँणले भन्नुभयो ।
सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनुपर्नेमा जोड दिँदै उहाँले वर्गीय र जातीय रूपमा विभेद भए सामाजिक सद्भाव खल्बलिने पनि बताउनुभयोे । महासङ्घका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दीनबन्धु पोखरेललगायतले आज गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । चितवनको भरतपुर महानगरपालिका–४ मा ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भएको विषयमा केही व्यक्तिले दुर्गा मन्दिरलाई जोडेर जातीय विभेद र छुवाछूतको कारणले हत्या भएको भन्ने गलत र भ्रामक कुरा बाहिर ल्याएर जातीय द्वन्द्व मच्चाउन लागेको भन्ने आरोप लगाएकाले महासङ्घको ध्यानाकर्षण भएको उल्लेख गरिएको थियो ।
ज्ञापनपत्रमा महासङ्घको सक्रियता तथा नवदुर्गा मन्दिर व्यवस्थापन समितिको संयोजनमा कात्तिक ११ गते सर्वजातीय पूजा आयोजना गरी दलित तथा गैरदलितको उल्लेख्य सहभागिता गराएर सामाजिक सन्देश दिन सफल भएको पनि उल्लेख गरिएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...












