शङ्खधर साख्वाः नेपाल संवत् एप सार्वजनिक हुने ।
नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४२(बयालिस को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाः को राष्ट्रिय प्रतिमामा माल्यार्पण गर्नुहुने भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज प्रतिष्ठानको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
ने।सं। ११२० अर्थात् २०५६ सालमा शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेसँगै हरेक वर्ष नेपाल संवत्को पहिलो दिन अर्थात् भाईटीकाको अघिल्लो दिन सरकार प्रमुखबाट गरिने कार्यक्रमको सबै तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष प्रतिष्ठानले नेपाल संवत् र शङ्खधर साख्वाःका बारेमा पूर्ण जानकारी समेटिएर तयार पारेको नेपाल संवत् एपः र नेपाल संवत्को पात्रोसमेत प्रधानमन्त्री देउवाद्वारा सार्वजनिक गराउने कार्यक्रम छ । यसबारेमा जानकारी दिँदै मानन्धरले अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समय अन्वेषण गर्दै तयार पारेको नेपाल संवत्को पात्रो नेपालकै सबभन्दा पुरानो पात्रोका रुपमा रहेकाले यसलाई वैज्ञानिक रुपमा नै प्रमाणित गर्ने गरी नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्समेत समेटिएर तयार पारेको एपः सार्वजनिक गर्ने बताउनुभयो ।
देवनागरिक लिपि र विक्रम संवत् भारतबाट आयातीत रहेको भन्दै नेपालको आफ्नै संवत्का रुपमा नेपाल संवत्को पात्रोलाई प्रयोगमा ल्याउने गरी यो पात्रोलाई विक्रम संवत् र इस्वी संवत्मा समेत मिति, तिथि सबै मिल्ने गरी एपः तयार भएको जानकारी दिनुभयो । वैज्ञानिक रुपमा नै प्रमाणित गर्दै नेपाल पञ्चायन निर्णायक समिति, ज्योतिष, संस्कृतिविद्, परातत्वविद् र सरोकारवाला निकायहरुसँग छलफल गरेर प्रमाणित गर्दै तयार पारेको पात्रो र एपः लाई व्यवहारमा ल्याउने उहाँले बताउनुभयो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...












