नगर प्रमुख प्रजापतिद्वारा भद्रकाली साकोसको १४ औं वार्षिक सभाको उद्घाटन ।
२०७८ कार्तिक १३ गते, शनिबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ५ खँलास्थित भद्रकाली बचत तथा तथा ऋण सहकारी संस्था लि. को १४ औं साधारणसभाको उद्घाटन शनिबार गर्नुभयो ।
उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्नुहुँदै सहकारी संस्थाले सामूहिक हितको निम्ति काम गर्नुपर्ने र सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई श्रमको सम्मान र श्रमको माया गर्न सिकाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले सहकारीले सामाजिक गतिविधि सञ्चालन गरी नागरिक भावना अभिप्रेरित गराउन तल्लीन हुनुपर्ने बताउनुभयो ।
भक्तपुरको शैक्षिक, सामाजिक, सांस्कृतिक उत्थानमा भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुको विशेष योगदान रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रहरुमा आफ्नो लगानी बढाउँदै लानुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाका गतिविधिमा नगरबासीहरुको साथ र सहयोग रहँदै आएको चर्चा गर्दै उहाँले नगरपालिकाले नगरबासी विद्यार्थीहरुको लागि शैक्षिक ऋणका साथै सीपमूलक तालिम र भाषाका कक्षाहरु पनि सञ्चालन गर्दै आएको बताउनुुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका प्रतिनिधि इन्द्रप्रसाद ब्यान्जुले भक्तपुरका सहकारी संस्थाहरु जनमुदायमा आधारित हुनुपर्ने र विना अनुमति भक्तपुरमा सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थालाई बन्द गराउनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष शैलेश अमात्यले संस्थाले सहकारीको भावना र मूल्यमान्यता अनुसार कार्य गर्दै आएको बताउनुहुँदै स्थानीय सरकारले स्थानीय सहकारीहरुलाई सबल र सुदृढ हुने गरी ऐन नियमहरु लागू गर्नेमा विश्वास लिएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष रत्नप्रसाद भेले र सञ्चालक सदस्य सुमित्रा ताल्चाभडेलले पनि बोल्नुभएको थियो ।
Featured Posts – Style 1
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
2026-06-05 Comments Off on शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घले शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक...
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
2026-06-04 Comments Off on आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवालभक्तपुर,...
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...














