पाठक पत्र
भक्तपुर अस्पताल पहिला पहिला राष्ट्रियस्तरको अस्पताल वा चन्द्रलोकले चिनिने अस्पताल पछि रिफर सेन्टरको रुपमा परिणत भएको थियो । त्यहाँका भ्रष्ट कर्मचारीहरु र विकास समितिका पदाधिकारीहरु दलिय भागबन्दा र राम्रोभन्दा हाम्रो छनौट गर्दा बदनाम कमाएको भक्तपुर अस्पताल गणतन्त्रको आगमनसंगै विकास समितिमा स्थानीय तह भक्तपुर नगरपालिकाको प्रतिनिधि समेत स्वतः रहने गरी व्यवस्था भएपछि त्यहाँ भएका टिकट र विल काट्ने लगायतमा भएको अनियमितताहरु पत्ता लगाई भ्रष्ट कर्मचारीहरुलाई ठिक ठाउँमा ल्याएको थियो भन्ने अहिले विस्तारै भक्तपुर अस्पतालमा सुसम्पन्न उपकरणले गर्दा भक्तपुरबासीले स्वास्थ्य उपचारमा सुविधा उपभोग गरिरहेको छ । यति हुदाँ हुन्दै पनि आर्थिक अभावका कारण अहिले स्वास्थ्य उपचारबाट कोहि नागररिक बञ्चित हुन नपरोस् भनेर सरकारले नै स्वास्थ्य विमा ल्यायो र धेरैले यो सुविधा पनि लिई रहेको छ । तर यसमा अस्पतालहरुले विभेद गरेको पाइयो । मेरो पनि अपरेशनको लागि विमाको औषाधि लिन पठाउँदा विमाको औषाधि वितरण गर्ने व्यक्ति केटी मान्छे यति लोसे थियो कि अपरेशनको लागि लिन आएको औषाधि अपरेशन ढिलो भईसक्यो तर औषाधि दिने व्यक्तिको चर्चितकला देख्यो भन्यो त्यहि गएर गोडुं गोडुं जस्तो लाग्यो । विरामीको छटपटि र औषाधि दिने व्यक्तिको चर्चितकलाले मलाई कस्ता कस्ता मानिसहरु हुन्छ भनेर भगवान समेत सम्झन पुगे जब म नास्तिक थिएँ । तर मानिसको जीवन मरणको समयमा औषाधि दिने व्यक्तिको व्यवहारले सा¥है निराश बनाएको हुनाले त्यस्ता कर्मचारीलाई अस्पतालले कार्यवाही नगरपनि कसै कसैले त्यस्तै मान्छेको जम्काभेट भयो भन्यो ठूलो क्षेति भोग्नु पर्ने मेरो मनमा पस्यो । त्यतिमात्र होइन हरेक औषाधि लिन आउने व्यक्ति बालबालिकादेखि बुढाबढीसमेतले सरापेको देख्दा धन्य त्यो औषाधि दिने केटीलाई सराप नलागोस् भने लाग्यो र समय मै बिमाको औषाधि वितरकहरुको बुद्धि पलाओस् । सरकारले जनताको सेवाको निम्ति बिमाको औषाधि वितरणमा आफ्नो खल्तिको सामान दिन परेको जस्तो गरी कन्जुस्याई किन ? हो त्यो औषाधि फजुल खर्चको निम्ति उपयोग गर्ने, बेलार्पवाह औषाधि प्रयोग गर्ने भए पनि त्यसमा कडा गरी कसिएको ठिक हुन सक्छ तर जीवन मरणको औषाधि विरामी दुखाईले सहन नसकेर बसेका बिरामीहरु दुःखलाई मनन् गरेर भएपनि पछि देखि त्यस्तो नहोस् भने हेतुले यो पाठक पत्र कोरेको हुँ । यसलाई नकारात्मक सोचले नलिई यो आलोचनाको रुपमा लिई सुधार गर्नु हुने छ भने आशा लिन चाहन्छु । अझ यो संगै म विमाको विल काट्ने सम्बन्धमा पनि विरामीहरुलाई दुःख पाएको मेरै आँखाले देखेँ । पहिलो त विमाको लाईन व्यवस्थित भएन र लाइन बसेको बस्या र बीच बीचमा छिरेर टिकट लिनहरु त छँदै छ त्यसमाथि अकस्मिक टिकट काट्न र अपरेशन गर्नु पर्ने विरामीको टिकट लिन समस्या छ नै त्यस्तालाई छुट्टै व्यवस्थित गरेको भए राम्रो हुन्थ्यो साथै अपरेशन गरेको घाउ ड्रेसिङ गर्न पहिला टिकट काटे पछि ड्रेसिङको विल काट्नु पर्छ भन्यो सो टिकट काउण्टरमा गए यता होइन उत्ता बाहिर विल काट्ने स्थानमा जानु भन्यो त्यहाँ गएँ । लाइन बसेर अगाडि पुग्यो फेरी त्यहाँ पनि यो विल काट्ने यहाँ होइन उत्ता भन्यो । लामो लाइन थिचोलेर अगाडि पुग्यो यहाँ होइन उता र उता पनि लामो लाइन थिचोलेर अगाडि पुग्यो यता होइन उत्ता भन्यो । म अपरेशन गरेको विरामीलाई के भयो होला ? अब तपाईं आफै अनुमान लगाउन सक्ने भयो । त्यति कैमा दुई चार पटक ओहोर दोहर गराएपछि ड्रेसिङ नगर्ने मनमा लिएर के फर्किन लागेको थिएँ एक जना चिनेको अस्पतालको कर्मचारी भेट भयो र यस्तो भयो भनेर भनेपछि उसले विल काट्न दियो । विमाको भएकोले पैसा नआउने भएर त्यसो गरेको हो वा चिनजान, भनसुन गर्न नसकेर त्यस्तो गरेको हो ? के गरिब, निमुखा, कोहि नभएकाले उपचार नपाउने हो । जहाँ पनि सोर्सफोर्स, चिनजान, भनसुन चाहिने हो । के यो पूँजीवादी व्यवस्थाको गुण नै हो । यदि हो भने जनतालाई दुःख हुने यो व्यवस्था के काम छिट्टै व्यवस्था फाल्ने आन्दोलन आवश्यक भएको मनमा कुरा खेल्यो । शिक्षा स्वास्थ्य निःशुल्क हुने सामाजवादी व्यवस्थाको अपरिहार्यता महशुस भयो ।
पद्म भण्डारी
सिन्धुपाल्चोक
Featured Posts – Style 1
भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार
2026-04-21 Comments Off on भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार
भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबारभक्तपुर, ८ वैशाखः नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना...
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...












