बाढी पहिरोमा परी मृत्यु हुने १११ पुगे, ३७ वेपत्ता
केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालकया अनुसार ३७ जना अझै वेपत्ता छन् । बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।
मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ । वेपत्ताको खोजीकार्य जारी छ । बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल १८६ वटा पशु चौपाय मरेको जनाइएको छ ।
उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन् । बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।
–––
Featured Posts – Style 1
बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
2026-05-02 Comments Off on बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर...
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर
2026-05-02 Comments Off on स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो 'आउटडोर जिम' को लहर काठमाडौँ । बदलिँदो जीवनशैली र स्वास्थ्यप्रतिको सचेतनासँगै नेपालका सहरदेखि गाउँसम्म अचेल...
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
2026-05-02 Comments Off on नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती प्रा.डा. निलमणी उपाध्याय नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत...
2026-05-02 Comments Off on
सिद्धान्तको बाटो * आ.के. विद्रोही नामले होइन चिनिन्छ दल,चिनिन्छ उसको विचारले,सिद्धान्तको उज्यालोभित्रउसको असली आकारले । मतको भीडले सत्य नतौल,बहुमतले धर्म...
ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा ।
2026-05-02 Comments Off on ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा ।
ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा।भक्तपुर, बैशाख १९ गतेज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा...











