फुटबलको विश्व वरीयतामा नेपालको एक स्थान खस्कियो ।

फुटबलको विश्व वरीयतामा नेपालको एक स्थान खस्कियो ।
नेपालको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता खस्किएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।नेपाल नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो ।
हालै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । तर, नेपालको वरीयता घटेको छ ।नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ ।नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८७ औं, भुटान १८६ औं, पाकिस्तान १९७ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन् ।नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन्।अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।