अमेरिकामा मोडर्ना र जोन्सन एण्ड जोन्सनको बुस्टरलाई मान्यता दिइयो ।
अमेरिकाले मोडर्ना र जोन्सन एण्ड जोन्सनले बनाएको बुस्टर डोजलाई मान्यता दिएको छ । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरिरहेका मोडर्ना र जोन्सन एण्ड जोन्सनले बनाएको बुस्टर डोजलाई पनि मान्यता दिने निर्णय गरेको हो । आज एक विज्ञप्ती जारी गर्दै एफडीएले ३ वटा मान्यताप्राप्त कोभिड खोपलाई पनि मिसाएर बुस्टर डोजका रुपमा लगाउन सकिने बताएको छ ।
नेसनल हेल्थ इन्स्टिच्युटको एक अध्ययनले यसरी ‘मिक्स म्याच’ गरेर बुस्टर खोप दिँदा प्रतिरक्षा प्रणाली बलियो हुने देखिको दाबी गरेसँगै एफडीएले अनुमति दिएको हो ।एफडीएको अनुमतिलाई यूएस सेन्टर फोर डिजिज कन्ट्रोलले विचार गरेपछि सर्वसाधारणहरुले मोडर्ना र जान्सेन खोपको बुस्टर डोज पाउनेछन् ।
यसका लागि सीडीसीको खोप अभ्याससँग सम्बन्धित सल्लाहकार समितिको बैठकसमेत बसिसकेको छ ।एफडीएले ६ महिनाअघि पूर्ण मात्राका खोप लगाएका १८ वर्ष नाघेका र ६५ वर्ष पुगेका र जो कोरोना भाइरसको उच्च जोखिममा छन् उनीहरूलाई मोडर्नाको हाफ डोज बुस्टरका रुपमा आपतकालिन प्रयोग अनुमति दिएको थियो । त्यसैगरी जोन्सेन एन्ड जोन्सेनको हकमा २ महिनाअघि खोप प्राप्त गरेका १८ वर्ष माथिका जो कोहीले पनि जोन्सेनको बुस्टर डोज खोप प्राप्त गर्ने अनुमति दिइएको छ ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...












