नवदुर्गाको खम्ये जात्रा र मोहनी नखाः यसरी मनाउँदै

नवदुर्गाको खम्ये जात्रा र मोहनी नखाः यसरी मनाउँदै
भक्तपुर, असोज २८ गते
यसपालि भक्तपुरको प्रसिद्ध खम्ये जात्रा स्थानीय समुदाय र नवदुर्गा गण जात्रा व्यवस्थापन समितिको निर्णय अनुसार निर्धारित समयमै सम्पन्न गर्ने तयारी गरेको छ । कोरोना जोखिमलाई ध्यान दिन्दै खम्ये जात्रालाई व्यवस्थित गर्न स्थानीय स्वयम्सेवक परिचालन गर्ने तयारी रहेको उल्लेख गर्दै जात्रा व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाले आज दिउँसो ३ बजे नवदुर्गा गण मन्दिरबाट ब्रम्हायणीस्थानसम्म खम्ये लाने, ४ बजे देखि ५ बजेसम्म नवदुर्गा गणका सदस्यहरु ब्रम्हायणीस्थानमा प्रस्थान गर्ने, ६ बजे देखि ७ बजेसम्ममा खम्ये बद् गर्ने र मध्य रातमा महेसासुर रुपी खम्येको प्राण लिएर विजयादशर्मी शान्तिपुर्वक निधारित समयमै मनाउने जनाएको छ । भोलि विहान ४ बजे नवदुर्गागणको मुकुण्डो देवगणहरुलाई हस्तान्तरण गरी हर्षोलासपूर्वक विजया दशमी मनाउने तयारी रहेको उहाँले बताए । दर्शनका लागि आएका भक्तजनलाई पासुका र गोका दिने देवगणको तयारी छ । यसै बीच खम्येको मासुलाई प्रसादको रुपमा दिने प्रचलन छ ।
दशैकोदिन दिनभर भक्तजनको पूजा दर्शन पश्चात दरवार क्षेत्रमा रहेको तलेजु भवानीसँग भेट गराउने परम्परागत मान्यता रहेको छ । तलेजु र नवदुर्गा दिदी बहिनी रहेको जनविश्वास छ । दिदिबहिनीको भेटपछि नवदुर्गा गण गृह प्रवेश गराउने छन् र रातीको समयमा खड्ग जात्रा, (सेतो घोडा जात्रा अर्थात पाय् न्हायकेगु जात्रा) हुने छ ।
खम्ये जात्रा भएसँगै यता याछेंमा नवदुर्गाको मुकुण्डोको प्रदर्शनीको तायरीमा रहेको कलाकार पूर्ण चित्रकारले जनाए । एैतिहासिक जात्रा पर्वमा आफूले बनाएको १३ वटा नवदुर्गाको मुकुण्डोलाई देवताको रुपमा हजारौं, लाखौं जनताले पूज्ने परम्परा देख्दा खुसि लागे पनि मुकुण्डो बनाउन सुरुमा आफ्नै लगानीमा बनाउनुपर्ने बाध्यता र पर्याप्त स्रोतको अभाव हुन्दा नयाँ पुस्ता तयार गर्न गाह्रो भइरहेको जनाए ।
उमेरले ७५ वर्ष पूगेका पूर्ण चित्रकारका माहिलो छोरो राजेश चित्रकारले पनि बजारमा नयाँ प्रविधि, विदेशी छपाई सामग्रीहरुले छोपिएपछि चित्रकारहरुको आफ्नो जातिय पेसा संकतमा परेको बताए । पहिला निकै महत्व हुने उल्लेख गर्दै आफूहरुले बनाएको चित्रहरु काठमाण्डौसम्म बिक्रि हुने गरेको चर्चा गर्दै अहिले त्यस्तो नहुँदा चित्र लेख्ने चित्रकारहरुको पेसा नै संकटमा परेको बताए । परम्परागत पेसा संकटमा परेपछि ऐतिहासिक जात्रा पर्वहरुमा लेखिने चित्रहरु लेख्ने कलाकारहरुको पनि कमि हुनथालेको गुनासो गरे ।