फलामे छडको मूल्य घट्यो ।

फलामे छडको मूल्य घट्यो ।
सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सङ्घमा आवद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको सङ्घका अध्यक्ष साहिल अग्रवालले जानकारी दिनुभयो ।