जेन्जी आन्दोलनकाक्रममा फरार अभियुक्त भक्तपुरबाट पक्राउ

जेन्जी आन्दोलनकाक्रममा फरार अभियुक्त भक्तपुरबाट पक्राउ

भक्तपुर, चैत्र ५ गते
जेन्जी आन्दोलनकोक्रममा फरार अभियुक्त भक्तपुरबाट पक्राउ भएको छ । केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाण्डौबाट बहुविवाह मुद्दामा कैद सजाय भएका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेका हो । सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर जिल्लाको चाँगुनाराण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने वर्ष ३५का साईला तामाङ्गलाई आज विहान दुवाकोटबाट पक्राउ गरिएको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुले जनाएको छ ।