महारथी पूर्णचन्द्र थापाद्वारा भक्तपुरको रानीपोखरी अवलोकन

२०७६ पुस १५ गते, सोमबार
नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले सोमबार भक्तपुर नपा वडा नं. १ स्थित भक्तपुरको रानीपोखरीको स्थलगत अवलोकन गर्नुभयो । सैनिक आवासीय महाविद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुभएका महारथी थापाले रानीपोखरीको स्थलगत अवलोकनपश्चात लोपोन्मुख अवस्थामा रहेको भक्तपुरको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको रानी पोखरी जीर्णोद्धार कार्यमा भक्तपुर नगरपालिको भूमिका र सक्रियता प्रशंशनीय भएको बताउनुभयो ।
को रानीपोखरी अवलोकन