भक्तपुरमा १२७२ निर्वाचन प्रहरीका लागि १७०८ को निवेदन
भक्तपुर, माघ ८ गते
फागुण २१को प्रतिनिधी सभा सदस्य निर्वाचन सम्पन्न गर्न भक्तपुरमा १,२७२ निर्वाचन प्रहरी आवश्यक भएकोमा १,७०८ जनाको निवेदन परेको छ । आवश्यक भन्दा ४३६ जना बढीको निवेदन परेपछि छनौट प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख सूर्यवहादु्र खड्काले जनाएको छ । निर्वाचन प्रहरीकालागि १,७०८ जना आवेदन दिएकाहरु मध्येबाट निर्वाचनकालागि आवश्यक १,२७२ जना मात्र प्रहरी छनौट गर्न सुरक्षा निकाय लागि रहेकोे उहाँले बताउनु भयो । निर्वाचन अवधिभर परिचालन गर्न ति आवेदकहरुको निवेदन उपर लिखित परीक्षा सम्पन्न गरी हाल १,२७२ जना मात्र निर्वाचन प्रहरी छनौट प्रकृया भइरहेको भक्तपुर प्रहरीका प्रहरी उपरिक्षक खड्काले जनाएका हुन ।


भक्तपुर नगरपालिका ७ स्थित महेश्वरी खेलमैदानबाट निर्वाचन प्रहरी छनौट प्रकृृया भइरहेको उहाँले बताउनु भयोे । छनौट भएका निर्वाचन प्रहरीलाई निर्वाचन अवधिभर परिचालन गरिने छ । फागुण २१को निर्वाचनकालागि भक्तपुर जिल्लामा ७६ निर्वाचन स्थलका २३३ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।















