भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको आयोजनामा बुधबार भक्तपुरमा पत्रकार परिचयपत्र (कार्ड) वितरण, भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष रेणु त्वानाबासुले सदस्य पत्रकारहरुलाई परिचयपत्र वितरण गरिन् । त्यस अवसरमा संघलाई अगाडि वढाउने विषयमा पनि छलफल भयो । छलफलमा उपाध्यक्ष मणिराम लामिछाने, सचिव विकु तजले, सहसचिव राजन कार्की, निवर्तमान अध्यक्ष सुरेश सैंजू, सल्लाहकार कृष्ण किसीलगायतले विभिन्न सुझाबहरु दिए । संघमा झण्डै तीन दर्जन सदस्यहरु रहेका छन् ।














