स्वतन्त्र उम्मेदवार महत्तद्वारा खत्री र पाठकलाई उजुरी
भक्तपुर, माघ ७ गते
फाल्गुण २१ गतेको प्रतिनिधी सभाको निर्वाचनकालागि हिजो मनोनयन गरीएका भक्तपुर निर्वाचन क्षेत्र नं.२मा आज दुई वटा उजुरी परेको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आज विहान १० बजे देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम अन्तर्गत हिजो मनोनयन दर्ता भएका उम्मेदवारहरु माथि सो उजुरी परेको हो । यसरी मनोनयमा परेका उम्मेदवार माथि उजुरी दिने व्यक्ति पनि मनोनयनमा रहेको उम्मेदवार नै रहेको भन्दै भक्तपुर निर्वाचन क्षेत्र नं. २की निर्वाचन अधिकृत राधिका सुवालले बताएकीछिन् । उनले भनिन, भक्तपुर क्षेत्र नं. २का स्वतन्त्र उम्मेदवार नविनकुमार महत्तले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री विरुद्ध बेरुजुको उजुरी दिएको छ भने महत्तले नै जनसेवा नेपाल पार्टीकी उम्मेदवार जानुका पाठकमाथि पनि नागरिकता प्रतिलिपिमा फरक विवरण भएको भन्दै उजुरी दिएको छ ।
सो उजुरीमाथि भोलि जाँचबुझ गरी निर्णय लिने निर्वाचन अधिकृत सुवालले बताएकी छिन् । सो क्षेत्रमा ३२ जनाले हिजो उम्मेदवारी दिएको थियो भने भक्तपुर निर्वाचन क्षेत्र नं. १मा २५ जनाको उम्मेवारी परेको थियो । यो क्षेत्रमा कुनै पनि उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
Featured Posts – Style 1
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२६ मनाइयो ।
2026-03-13 Comments Off on विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२६ मनाइयो ।
विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२६ मनाइयोविश्व मृगौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ...
बागीश्वरी माविको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
2026-03-12 Comments Off on बागीश्वरी माविको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
बागीश्वरी माविको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भक्तपुर । २०८२...
भक्तपुरमा मृगौला पद्यात्रा, सन्दर्भ विश्व मृगौला दिवस
2026-03-11 Comments Off on भक्तपुरमा मृगौला पद्यात्रा, सन्दर्भ विश्व मृगौला दिवस
भक्तपुरमा मृगौला पद्यात्रा, सन्दर्भ विश्व मृगौला दिवसभक्तपुर, फागुण २७गतेविश्व मृगौला दिवसको अवसरमा भक्तपुरमा सचेतनामूलक मृगौला पदयात्रा आयोजना गर्ने भएको छ...
युवा उद्यमी उपसमिति गठन
2026-03-10 Comments Off on युवा उद्यमी उपसमिति गठन
युवा उद्यमी उपसमिति गठनभक्तपुर ःभक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत जिल्लाका युवा उद्यमीहरु सम्मिलित युवा उद्यमी उपसमिति मंगलबार गठन गरिएको छ...
भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधन
2026-03-10 Comments Off on भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधन
भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधनभक्तपुर, फागुण २६ गतेभाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको हृद्यघाटबाट निधन भएकोछ ।...













