सर्वसहमतिमा भक्तपुर जिल्ला वचत संघको नयां नेतृत्व चयन

सर्वसहमतिमा भक्तपुर जिल्ला वचत संघको नयां नेतृत्व चयन
भक्तपुर, कार्तिक २९ गते
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको नयां नेतृत्व सर्वसहमतिमा चयन भएका छन् । आज भएको संघको अधिवेशनबाट पूर्व उपाध्यक्ष हरिकृष्ण बल्लको अध्यक्षतामा ९ सदसिय नयां नेतृत्व चयन गरेको हो । नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा जगनाथ प्रजापति, सचिवमा कान्छाभक्त घजु, कोषाध्यक्षमा कृष्णश्वरी मचामसी, सदस्यहरुमा विवेक श्रेष्ठ, इन्द्रप्रसाद ब्यान्जु, राजकुमार लघु रहेका छन् भने महिला सञ्चालक सदस्यहरुमा चन्डिका छुकां र सुसिला पराजुलि रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा दामोदर न्यौपाने, सदस्यहरुमा गीताप्रसाद नेपाल र प्रतिभा अदुवा श्रेष्ठ चयन भएका छन् ।