भक्तपुर क्यान्सर अस्पतालको संक्षिप्त परिचय

भक्तपुर क्यान्सर अस्पतालको संक्षिप्त परिचय
सहीद स्मृति क्यान्सर सेवा केन्द्रको रुपमा २०५१मा स्थापना भएको भक्तपुर क्यान्सर अस्पताल २०७७ साल कार्तिक २४ गते देखि नेपाल सरकारको विशेषिकृत सरकारी अस्पतालको रुपमा रुपान्तरण भएको थियो । २०७७ साल कार्तिक २४ गते बसेको मन्त्रि परिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत यस अस्पताल सरकारी अस्पतालको रुपमा संचालनमा रहेको हो ।


नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लव, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा बिं.सं. २०५१ सालमा यस अस्पताल स्थापना गरी नेपाल भरिका क्यान्सर बिरामीहरुलाई उपचार प्रदान गर्दै आइरहेको छ । नेपाल सरकारले देशका राजधानीमा क्यान्सर रोगको उपचारको लागि एउटा वृहत संघीय क्यान्सर अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा भक्तपुर क्यान्सर अस्पताललाई क्यान्सर रोगको उपचारकालागि विशेषिकृत अस्पतालको रुपमा विकास गरेको हो ।
यस अस्पतालले वार्षिक करिब १ लाख बिरामीको ओ.पी.डी. जाँच गर्दै आएको छ । जांचकोक्रममा वार्षिक ४ हजार नयाँ क्यान्सरका बिरामी पत्ता लाग्ने गरेको छ । बढ्दो विरामीको चापलाई ध्यान दिदै यस अस्पतालले क्यान्सर बिरामीहरुको उपचार गर्न प्रयोग हुने सम्पूर्ण विधि सर्जरी, केमोथेरापि र रेडियोथेरापिको साथै प्यालिएटिभ सेवा उपलब्ध गराउँदै आएको अस्पतालका कार्यकारी निर्देशक डा. उज्जल चालिसेले जनाएको छ ।
भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोग बारे जनचेतना अभिवृद्धिकालागि अस्पतालमा आएका बिरामीहरुको सुलभ उपचारका साथै देशका विभिन्न ठाउँमा क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु तथा क्यान्सर स्क्रिनिङका स्वास्थ्य शिविरहरु पनि सञ्चालन गर्दै आएको छ । स्थापना काल देखि क्यान्सर सम्बन्धि अध्ययन तथा अनुसन्धानका कार्य गर्दै आएको यस अस्पतालले बढ्दो क्यान्सर रोगको जोखिमलाई मध्यनजर गरी विश्वस्तरीय क्यान्सर रोग प्रतिकार्यकालागि आवश्यक दक्ष जनशक्ति र प्राविधिक उपकरणहरु जोड्दै आएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा हाल ६० जना चिकित्सक, करिब १२० जना नर्स सहित ३५० जना कर्मचारी कार्यरत छन् । १५ बेडबाट सुरु गरेको भक्तपुर क्यान्सर अस्पताल हाल १२६ बेडमा संचालनमा रहेको छ ।
काठमाडौ उपत्यकाको करीब ५० लाख जनसंख्या र बाग्मती प्रदेशको अधिकांश जिल्ला र देशभरिका बिरामीहरुलाई पायक पर्ने देशको राजधानीमा नेपाल सरकारको अलग्गै क्यान्सर अस्पताल नभएको अवस्थामा क्यान्सर बिरामीहरुको सर्बसुलभ र गुणस्तरीय उपचार गर्न हाल रहेको बेड संख्या बढाई संघीय अस्पतालको रुपमा ३०० वेडको अस्पताल बनाउने प्रकृया अगाडि बढेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेले जनाएको छ ।
१४ वर्ष मुनिका बालबालिकाहरुको क्यान्सर रोगको उपचार निः शुल्क गर्ने नेपाल सरकारको निर्णय भए बमोजिम गत आ.ब. २०८१।८२बाट यस अस्पतालमा छ्ट्टै नयाँ वार्ड स्थापना गरी सेवा संचालन गरि आएको छ ।
अस्पतालका व्यवस्थापक तजलेका अनुसार हाल यस अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठनबाट मेडिकल अन्कोजलोजीमा DN रेडियसन अन्कोलोजीमा MD का रेजिडेण्ट चिकित्सकहरु क्यान्सर सम्बन्धि बिशेषज्ञ तालिम तथा अध्ययनकोलागि आउने गर्दछन् । साथै गाइने अन्कोलोजीमा Fellowship रेजिडेण्ट चिकित्सकहरु पनि अध्ययन तथा प्रयोगात्मक अभ्यासको लागि आउने गर्दछन् । त्यस्तै काठमाण्डौ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल शैक्षिक संस्थाबाट MD का रेजिडेण्ट चिकित्सक र ब्याच्लर तथा मास्टरका निर्सङ विद्यार्थीहरु प्रयोगात्मक अभ्यासकालागि आउने गर्दछन् । यसरी यो अस्पतालले देशलाई आवश्यक पर्ने क्यान्सर रोगको विषयमा दक्ष चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु उत्पादन गर्ने गरी क्यान्सर इन्स्टिच्यूटको रुपमा विकास गर्ने लक्ष्य अस्पताल विकास समितिले लिएकोे छ ।

हाल यस अस्पतालमा रहेका विशिष्टकृत सेवा तथा उपकरणहरु
१ रेडियोथेरापी सेवा (लिनायक, कोबाल्ट, ब्राकीथेरापी)
२,सर्जरी सेवा (मेजर, माइनर, इन्टर मिडियट, ल्याप्रोस्कोपी)
३, मेडिकल अन्कोलोजी सेवा
४, प्यालिएटिभ सेवा
५, इमेजिङ इण्ड डायग्नोस्टिक सेवा -256 Slice CY Scan, Dedicated CT  Simulator, DR X-ray, Mammography, Ultrasound)
६, इण्डोस्कोपी, एन.पी, एल, कोलोनोस्कोपी, ब्रोकोस्कोपी
७, HIPEC (Hyper Thermic Intraperritoneal Chemotherapy)
८, अत्याधुनिक शल्यकक्ष (Modular Operation Theatre)
९, अत्याधुनिक प्रयोगशाला सोवा ( Imminohisto Chemistry IHC, Frozen section CLIA, Biochemistry, Blood Culture, Blood Counter, Flow cytometer)
१०, फार्मेसी सेवा (जनरल मेडिसिन तथा केमो औषर्धी)
११, एम्बुलेन्स तथा शव बाहन सेवा