भनपा ९ मा शुभकामना तथा प्रशिक्षण सम्पन्न
भक्तपुर, २ कार्तिक
नेपाल मजदुर किसान पार्टी ९ वडा एकाइ समितिको आयोजनामा दीपावली, नेपाल सम्बत् ११४६ (न्हू दँ) को अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले पार्टी कार्यकर्ताहरुले पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । उहाँले बेइमान गर्ने भ्रष्टाचारीहरुलाई सम्मान गरेसम्म देश र जनताले दुःख पाउने स्पष्ट पार्नुभयो । झिंगासँगको संगतले फोहोरमा जाने र माहुरीसँगको संगतले फलपूmलमा जाने स्पष्ट पार्दै उहाँले संगत राम्रो भएमात्र देश बनाउन सक्ने बताउनुभयो । जनतालाई शोषण र अत्याचार गरेकैले विध्वंश मचिएको बताउँदै उहाँले तिनीहरु देशी विदेशी शक्तिबाट चल्नु दुःखको कुरा भएको बताउनुभयो । उहाँले संविधानमा लेखे बमोजिम मात्र सरकारले काम गरे कोही पनि बेरोजगार बन्न नपर्ने औंल्याउनुभयो । साथै उहाँले समसामयिक विषयमा प्रशिक्षण दिँदै अहिलेको युवा राम्रो बाटोमा गएमात्र देशको भविष्य बन्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले समाजवादी व्यवस्थासहितको राम्रो नेतृत्वले देश अघि बढ्ने बताउनुभयो । उहाँले पार्टीको संगठन विस्तारको क्रममा भएका जनगुनासाको विश्लेषण गर्दै अहिलेको अन्तरिम सरकार अन्य देशबाट सञ्चालित भएको बताउनुभयो । अनुसन्धान क्षेत्रमा लाग्नुपर्ने जेनजीहरु विध्वंशमा लाग्दा देश अरुको कब्जामा परेको बताउँदै उहाँले युवाहरु वैचारिक र सैद्धान्तिक रुपमा सचेत र संगठित हुनुपर्ने औंल्याउनुभयो ।
तुमचो दुगुरे चोखा पार्टी समितिका जगनाथ प्रजापति, दतात्रय पार्टी एकाइ समितिका नातिभाइ ह्योम्वा र सूर्यमढी पार्टी एकाइ समितिका दिलभक्त कोजुले दीपावली र नयाँ वर्ष ११४६ को शुभकामना दिएको उक्त कार्यक्रममा आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजू, सदस्य काशिलाल प्रजापतिले पनि समसामयिक विषयमा बोल्नुभएको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














