४५ औं तःमुज्याको तिव्र तयारी हुँदै
भक्तपुर,असोज १३ गते
४५ औं नेपाल भाषा साहित्य तःमुज्या एवं साँस्कृतिक ब्वज्या आयोजना गर्ने तयारी तिव्र पारिएको छ । आयोजक समितिले ४५ औं तःमुज्या आयोजना हुने स्थल इताछेंस्थित नःपुख परिसरमा मञ्च तथा सभास्थल बनाउने कार्य धमाधम गर्दै आएको हो । यहि असोज १८ र १९ गते गरी दुई दिनसम्म विहान ११ बजे देखि साँझसम्म साहित्यिक र प्रवचन कार्यक्रमका साथै साँझ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने गरी ४५ औं तःमुज्याको तयारी धमाधम हुँदै आएको हो ।
४५ औं तःमुज्या भव्यरुपमा मनाउन जनस्तरबाट आर्थिक, भौतिक सहयोगपनि जुताउन आयोजकहरु सक्रिय भएका छन् । भक्तपुर नगरका मुख्य मुख्य बजारहरुमा ४५ औं तःमुज्याको ब्यानर सहित पुगेका आयोजकहरुलाई स्थानीयले आर्थिक सहयोग प्रदान गरेका छन् भने अयोजक समितिले असोज १८ र १९ गते हुने तःमुज्याको निम्तो दिएका थिए ।















