नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग
काठमाडौं, २०८२ असोज १२ नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जेन जी आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग प्रदान गरेको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष विकास दुगड र संघका निवर्तमान अध्यक्ष संन्दीप अग्रवाल ज्यूले माननीय अर्थमन्त्री रामेश्वर खनाल ज्यूलाई उक्त सहयोग रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष दुगडले आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माणमा सरकारको प्रयासलाई साथ दिनु प्रत्येक नागरिकको जिम्मेवारी रहेको उल्लेख गर्दै, संघको यस प्रकारको सहयोगले पुनर्निर्माण कार्यमा केहि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा अर्थमन्त्री खनालले नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले देखाएको सहयोगी भावना प्रति आभार प्रकट गर्दै प्राप्त सहयोग रकमले पुनर्निर्माणको कार्यलाई थप गति दिन महत्वपूर्ण योगदान पुग्ने े बताउनुभयो। कार्यक्रममा संघका पदाधिकारी , मन्त्रालयका अधिकारी तथा सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














