छिक्वङ्ग कमलविनायक समूहद्वारा कमलपोखरी परिसरको गर्यो सरसफाई

छिक्वङ्ग कमलविनायक समूहद्वारा कमलपोखरी परिसरको गर्यो सरसफाई
भक्तपुर, भाद्र ३१ गते
छिक्वङ्ग कमलविनायकले आज कमलपोखरी परिसरको सरसफाई गरेको छ । नियमित छिक्वङ्ग अभ्यासमा आएका दिदी बहिनी तथा दाजुभाईहरुले कमलपोखरी परिसरमा उम्रेका ठूल ठूला भारपातहरुलाई उखेल्नुका साथै फोहर मैला समेत सरसफाई गरेका हुन । सहभागिहरुका अनुसार हरेक महिनाको अन्तिम दिन कमलपोखरी परिसरमा सरसफाई कार्यक्रम आयोजना गर्नेक्रममा आज भाद्र महिनाको अन्तिम दिन सरसफाई कार्यक्रम अयोजना गरेको हो । कमलपोखरी परिसरको पूर्वी क्षेत्रमा हरेक दिन विहान ५ बजे देखि चिनियाँ शारीरिक अभ्यास छिक्वङ्ग गर्दै आएका समुदायले आज कमलपोखरी परिसको सरसफाई कार्यक्रम गरेको हो ।