जेन जीको नाममा जलेको जगाती र थिमी प्रहरी चौकीको आज गरियो सरसफाई

जेन जीको नाममा जलेको जगाती र थिमी प्रहरी चौकीको आज गरियो सरसफाई
भक्तपुर, भाद्र २६ गते
भाद्र २४ गते दिनभर भएको झडपका साथै आगजनीबाट क्षेति भएको जगाती प्रहरी चौकी र मध्यपुर ठिमीस्थित प्रहरी चौकीको आज सरसफाई गरेको छ । जेन जीका स्थानीय अभियान्ताका साथै स्थानीय युवा र समुदायको सक्रिय सहभागितामा प्रहरी चौकी सरफाई गरिएको छ । नेपाल प्रहरीसँग मुठभेड गर्दै मंगलबार जेन जीको नाममा भएको टोडफोडको भत्सना गरेको छ । मध्यपुर थिमीका तुल्सी हरी प्रजापतिले स्थानीय स्काउटरहरुको परिचालन गरी चौकीमा लागेको आगलागिका भगनावशेष सरसफाईमा जुतेको बताए । युवाहरुले परिवर्तनको अपेक्षा गर्दै गरेको आन्दोलनको सफलतासँगै नयाँ नेतृत्वले देश निर्माण गर्न सकोस भन्दै उहाँले अव देशका केही परिवर्तनको अपेक्षा आफूहरुले पनि गरेको जनाएको छ ।

आज सरसफाई गर्यौ अव चौकी मर्मत सम्भारका लागि के कसरी गर्ने भन्ने सवालमा स्थानीय समुदाय बीच पनि सरसल्लाह भएको भन्दै उहाँले आर्थिक भौतिक सहयोग गरेर भएपनि चौकी सञ्चालनको लागि स्थानीय जनता तयार रहेको जनाएको छ । यसै बीच निल बाराही क्षेत्र संरक्षण सरोकार समितिले पनि ठिमीको चौकी सरसफाई गर्न कुचो, चाविल सहित श्रमदाताहरुले श्रमदान गरेको श्रमदाता भगवानी श्रेष्ठले जनाएको छ । टोडफोडको घटना दुःखद भएपनि परिवर्तनकालागि भएको अभियानमा आफूहरुको पनि सकारात्मक धारणा रहेको भन्दै घुसपेठबाट भएको आगजनीलाई सरसफाई गरी पुनः शान्ति सुरक्षाकालागि प्रहरी चौकी सञ्चालनको वातावरण बनाउन स्थानीय जनता जुतेको उहाँले बताए ।