टिआई नेपालद्वारा शोक विज्ञप्ति जारी, कुशासन र भ्रष्टाचारबाट देशलाई मुक्त गर्ने जेन जीसंग सहकार्य गर्न तयार
भक्तपुर, भाद्र २६ गते
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल)का अध्यक्ष मदन कृष्ण शर्माले आज सोक विज्ञप्ति जारी गरी जेन जी आन्दोलनको सिलसिलामा दिवंगत हुनुभएका देशभक्त नवयुवाहरूमा श्रद्धाञ्जली व्यक्त गरेको छ । अध्यक्ष शर्माले कुशासन र भ्रष्टाचारबाट देशलाई मुक्त गर्ने ऐतिहासिक जेन जी आन्दोलनको सिलसिलामा दिवंगत हुनुभएका देशभक्त नवयुवाहरूमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वहाँहरूको आत्माको चिरशान्तिको कामना एवम् शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गरेको हो । घाइते हुनुभएकाहरूको सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै अध्यक्ष शर्माले आन्दोलनको क्रममा राष्ट्रको बहुमूल्य सम्पत्तिमा पुगेको अकल्पनीय क्षतिप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल गहिरो दुःख ब्यक्त गरेको छ । यसै परिप्रेक्षमा यस संस्थाले समय–समयमा विभिन्न क्षेत्रमा बढ्दो भ्रष्टाचारको बारेमा गम्भीर भई प्रभावकारीरुपमा नियन्त्रण गर्न सरकार र सरोकारवालालाइ सचेत गराउँदा पनि कुनै सुनुवाइ नभएकोमा थप पीडा महसूस गरिएको छ । राष्ट्रको सम्पत्ति जोगाउनु हामी सबैको दायित्व हो भन्दै उहाँले अब उपरान्त पूर्ण जवाफदेहीताकासाथ जिम्मेवार भई त्यस्तो अवस्था आउन नपर्ने गरी राष्ट्र सञ्चालन होस् भन्ने चाहान्छौँ भनेका छन् । अध्यक्ष शर्माले विज्ञप्ति मार्फत भनेका छन्, अबको बाटो भनेको देशलाई पूर्णरुपमा सुशासनयुक्त ढंगले संचालन गरि आम–नागरिकले कदम कदममा व्यहोर्नुपरेका भ्रष्टाचारको उत्पीडनको अन्त्य हो । युवापिंढ़ीले आफ्नै मातृभूमिमा प्रचुर सम्भावनाका अवसर पाउने ब्यवस्था मिलाउन सक्ने क्षमता भएका व्यक्तिहरूले सेवाभावबाट प्रेरित भई सरकारसहित राष्ट्रका तीनै अंग सञ्चालित हुने व्यवस्था मिलाउनु पर्दछ । यस महान् कार्यका लागि राष्ट्रको बागडोर समाल्न तत्पर जेन–जी युवा नेतृत्व, सरोकारवालाहरू एवम् आम–नागरिकसँग सहकार्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशन नेपाल तयार रहेको जानकारी गराउँदछौं ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














