४ रात ५ दिनको धर्ना पछि अन्ततः रु. ५० हजार जरिवाना तिरेर, डोजोरको चाबी फिर्ता ल्यायो ।

४ रात ५ दिनको धर्ना पछि अन्ततः रु। ५० हजार जरिवाना तिरेर, डोजोरको चाबी फिर्ता ल्यायो ।
४ रात ५ दिनको धर्ना पछि अन्ततः निलबाराही संरक्षण सरोकार समितिले चाँगुनारायण नगरपालिकालाई रु।५० हजार नगद बुझाएर जेसिबीको चाबि फिर्ता ल्याएकाछन् । गत सोमबार निलबाराहीको पहिरो रोकथामकालागि चाँगुनारायण नगरपालिका वडा नं। १ बाट माटो ओसार्नेक्रममा दुवाकोट प्रहरी चौकीले जेसिविको चाबि र चालकलाई नियन्त्रणमा लिएर चाँगुनारायण नगरपालिकालाई बुझाएका थिए । यद्यपी अभियान्ताहरुले प्रहरीबाट चाबी थुतेकाले प्रहरी चौकीबाटै चाबी श्रमदाताहरुको ससम्मान फिर्ता लिन प्रहरी चौकी अगाडी धामपानी नभनि ४ रात ५ दिन धर्ना बसेका थिए ।
अभियान्ताहरुको टोलिले आज धिम्ये बाजा सहित दुवाकोट देखि चाँगुनारायण नगरपालिका कार्यालयसम्म धर्ना दिएर रु। ५० हजार राजश्व बुझाएर डोजरको चाबी फिर्ता ल्याएका अभियान्ता निःशुल प्रजापतिले जनाएको छ । नगरपालिकाका कर्माचारीहरुले कुरा गरौं भन्दै थिए तर ४ रात ५ दिनसम्म धर्ना बस्दा पनि सुनुवाई नगरेको नगरपालिकासँग थप कुरा गर्न आवश्यक नदेखेर तोकिएको शुल्क तिर चाबी फिर्ता ल्याएको उहाँले बताए । अधिबक्ता राजकुमार सुवालका अनुसार विश्व सम्पदामा सूचिकृत गर्न योग्य निलबाराही मन्दिर संरक्षणमा खतिएको जेसिबीलाई रु।५० हजार जारिवाना गर्नु नगरपालिकाको सम्पदा विरोध कार्य भएको बताए । उहाँले भने हामीले सम्पदा संरक्षणमा जुत्दा चाँगुनारायण नगरपालिकाले रु।५० हजार जरिवाना गर्यो । त्यो पनि निर्णय नगरि जरिवाना तिरायो । यो गैरकानूनी कार्य भयो । यस विरुध हामी जवाफदेहिता खोज्छौं । कानूनी उपचारमा जान्छौं । उहाँले भने निल बाराही मन्दिर परिसर कंक्रिटबाट दीगो संरक्षण हुन सक्दैन । सिमेन्टको आयु बढीमा १०० बर्ष भएपनि विभिन्न कारण ५० वर्षमै माटो भएर जान्छ । मन्दिर संरक्षण प्राकृतिक तबरले गरेर पुस्तौसम्म तिकाउनुपर्छ ।


मौखिक रुपमा आफ्नो अभियानप्रति जनप्रतिनिधीहरुले सकारात्मक कुरा गरेपनि व्यवहारमा त्यस्तो नपाएको भन्दै समितिका सचिव अनिश बैद्यले राजश्व बुझाएर जरिवाना तिरेर भएपनि निल बाराही मन्दिरको अगाडीको परम्परागत बाटो बनाएरै छाड्ने जनाएका छन् । मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकाका प्रमुखसँग ६ पटकसम्म चिया खाँदै छलफल गर्दा पनि निलबाराही मन्दिर संरक्षणमा एकरुपता ल्याउन नसकिएकोले समितिको अभियानलाई निरंंतरता दिएको बताए । आज पनि परेर काम हुन नसके पनि भोली बुवाको मुख हेर्ने दिनमा पनि निलबाराही क्षेत्रमा श्रमदान हुने उहाँले बताए । मध्यपुर थिमी नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रस्तुत योजनाले मन्दिरको संरक्षण भन्दा बढी जोखिम निम्त्याउने किसिमको भएको भन्दै उहाँले स्थानीय जनतासँग छलफल नगरी सो आयोजना कार्यान्वयनमा आउन नसकिने बताए ।