भक्तपुरमा बुद्धिचाल प्रतियोगिता शुरु
भक्तपुर, जेष्ठ ९ गते
बुद्धिचाल प्रतियोगतामा ८ वर्षदेखि ६८ वर्ष उमेर समुहको सहभागिता भक्तपुर । भक्तपुर युवा टीम गोल्मढीको आयोजनामा दुईदिने कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगिता आज (शुक्रबार) बाट महेश्वरी बैक्वेट थुसाचामा शुरु भएको छ । प्रतियोगिताको सुरुवात नेपाल मजदुर किसान पार्टीको सचिव एवम् संघीय सांसद प्रेम सुवालले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । साथै अन्तर्राष्ट्रिय आर्विटर तथा नेपाल बुद्धिचाल महासंघका केन्द्रिय सदस्य निरञ्जन प्रजापतिलाई चेस बोर्ड र गोटी हस्तारण गर्दै भएको हो । साँसद प्रेम सुवालले बुद्धिचाल प्रतियागिता बुद्धि अर्थात दिमाग लगाएर खेल्ने खेल भएको बताउनुहुँदै खेलमा हुने हारजित अस्थायी भएको र मित्रता स्थायी भएको हुँदा प्रतियोगितामा सहभागी सबै प्रतियोगीहरुले अनुशासित भएर मित्रता कायम गर्न खेल खेल्नुपर्ने बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको थियो भने भारतबाट ४ र इंग्ल्याण्डबाट १ जना जना खेलाडी सहभागी रहेको छ । बुद्धिचाल प्रतियोगतामा ८ वर्षदेखि ६८ वर्ष उमेर समुहको सहभागिता रहेको थियो । नेपालको पहिलो अन्तराष्टिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगिता शुक्रबार ५ राउण्ड हुने र बाकी ४ राउण्ड शनिबार हुने बताउँनुभयो । प्रतियोगिताको समापन शनिबार हुनेछ । समापनको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवंम बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले गर्नुहुने जनाएको छ ।














