आँखा शिविरमा १३६ जनाको परिक्षण,

आँखा शिविरमा १३६ जनाको परिक्षण,भक्तपुर, माघ १९ गते
प्रगति सामुदायिक सिकाई केन्द्रको आठौ वार्षिक साधारण सभाको अवसरमा आँखा शिविर तथा समान्य स्वास्थ्य उपचार शिविर आयोजना गरेको छ । वाकुपति नारायण मन्दिर तौलाछें भक्तपुर परिसरमा आयोजित सो शिविरमा १३६ जनाले स्वास्थ्य परिक्षण गरेको केन्द्रका अध्यक्ष रविन्द्रप्रसाद कुसीले जनाएको छ । अध्यक्ष कुसीका अनुसार केन्द्रको वार्षिक साधारण सभाको अवसरमा नेक्रामसंघ भनपा ९को संयोजनमा टिलगंगा ख्वप आँखा अस्पतालको प्राविधिक सहयोगमा सो शिविर आयोजना गरेको हो । शिविरमा परिक्षण गरेकाहरु मध्ये ६ जनाको आँखामा मेजर अपरेशनको आवश्यकता भएको भन्दै आँखा अस्पतालले थप उपचार गर्ने जनाएको छ । सो शिविरमा निःशुल्क औषधी बितरण पनि गरिएको थियो ।