अनलाईनमार्फत अन्तर्राष्ट्रिय श्रमिक दिवस मानाइयो ।

अनलाईनमार्फत अन्तर्राष्ट्रिय श्रमिक दिवस मानाइयो ।
भक्तपुर, बैशाख १८ गते
आज १३६ औंं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइरहेको छ । यसैक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन दिनु भएको छ । नेमकिपा कालिकोटले अनलाईन प्रविधि मार्फत गरिएको सो प्रवचनमा अध्यक्ष विजुक्छेले समसामयिक र अन्तर्राष्ट्रिय मजदुर आन्दोलन बारे अन्तरक्रियात्मक प्रशिक्षण दिनु भएको थियो ।