मध्यपुरमा रक्तसञ्चार सेवा सुरु

मध्यपुरमा रक्तसञ्चार सेवा सुरु
मध्यपुर, बैशाख १५ गते
मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले १७ औं वार्षिकोत्सवको अवसरमा अध्याधुनिक रक्तसञ्चार सेवा सुरु गरेको छ । स्वास्थ्य मन्त्री प्रदिप पोड्यलले मध्यपुर थिमी नगरमा रक्त सञ्चार सेवाको उद्घाटन गर्दै यो ऐतिहासिक कार्य भएको बताएका थिए । मन्त्री पौड्यलले अस्पतालले नगरवासीहरुकालागि अझ सहज र छिटो र गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्नुपर्नेमा जोड दिएका थिए ।
रक्त सञ्चार केन्द्रको उद्घाटनसँगै वृहत रक्तदान कार्यक्रम समेत गरिएको सो कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ सहितका अतिथिहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल तथा पोषणयुक्त सामग्री वितरण गरेको थियो । रक्क्त सञ्चार सेवा शुभारम्भको अवसरमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको सो समारोहमा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठ, मथिनपाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर अन्जनादेवी मधिकर्मी, स्थानीय जनप्रतिनिधीहरुले सो अस्पतालले दिदै आएको स्वास्थ्य सेवाहरुको चर्चा गर्दै थप जनस्वास्थ्यमा पुर्याउनुपर्ने सेवाहरु बारे आआफ्नो धारणाहरु व्यक्त गरेका थिए ।