मिठाई पसलको अनुगमण २७,५०० जरिवाना, १३ हजार बराबरको मिठाई नष्ट

मिठाई पसलको अनुगमण २७,५०० जरिवाना, १३ हजार बराबरको मिठाई नष्ट
भक्तपुर, बैशाख १४ गते
मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्न बनाएका मिठाईका परिकारहरु अस्वस्थकर पाईएपछि मिठाई पसलहरु कार्वाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज भक्तपुरमा गरेकोे बजार अनुगमणका क्रममा २७ हजार ५०० सय रुपियाँ जरिवाना गर्नुका साथै १३ हजार बराबरको बिग्रिएको मिठाई तथा खुवाजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ । मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका क्षेत्रका ५ वटा मिठाई पसलहरुको अनुगमण गर्दा ति जरिवाना एवं मिठार्ई जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।


अनुगमणका क्रममा स्वास्थ्य मापदण्ड पूरा नगरेका, दर्ता नविकरण समेत नगरिएका मिठाई पसलहरुलाई जिल्ला प्रशासनले सचेतना दिनुका साथै २ हजार पाँच सय देखि १० हजारसम्म जरिवाना गरेको थियो । अनुगमण टोलीले कैफियत देखेपछि शंखधर मिठाई पसल र धनुषा मिठाई पसललाई जनही रु. १०। १० हजार जरिवाना गरेको थियो । अनुगमणकाक्रममा ति पसलहरुले व्यवसाय दर्ता, कर दर्ता, करचुक्ता समेत नगरेको मात्र नभई अस्वस्थकर मिठाई भेटाइएपछि थप कार्वाही गरिएको थियो ।