एस.ई.ई दिएर बसेका विद्यार्थीहरुलाई मार्ग निर्देशन तथा प्राथमिक उपचार एवं रक्तदान सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
मजदुर दैनिक
भक्तपुर, २०८१ चैत्र ३० गते शनिवार ।
भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिले संस्थाका अध्यक्ष श्री राधेश्याम सुवालको आतिथ्यता, नेपाल रेडक्रस सोसाइटीका श्री ईश्वर श्रेष्ठको प्राविधिक सहयोगमा श्री पुनेन्द्र प्रसाद कुसीको सभापतित्वमा समुदायमा रहेका विद्यालयहरुवाट एस.ई.ई. दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी मार्ग निर्देशन तथा प्राथमिक उपचार एवं रक्तदान सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष श्री राधेश्याम सुवालले हाल चर्चा परिचर्चामा रहेको सहकारी ऐन, नीति, नियम र सहकारी नियमन, गठित प्राधिकरणकोवारेमा जानकारी गराउनु भयो । युवा वर्ग पढाई पश्चात विदेश जाने परम्परालाई त्याग्नु पर्दछ भन्दै युवा वर्गलाई आफ्नै देशमा रही स्वरोजगार वन्नु पर्ने र आफ्नै देशमा योगदान गर्नु पर्नेमा विशेष जोड दिनु भएको थियो । देशको राजनैतिक अवस्थाले युवा वर्ग वाहिरीने क्रम यसरी नै बढ्दै जाने हो भने भोलिका दिनमा नेतृत्व गर्ने जनशक्तिको अभाव समेत हुने हुनाले यसलाई रोक्न स्थानिय निकायले सोच्नु पर्नेवारे आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।


अतिथि नेपाल रेडक्रस सोसाईटीका जन सम्पर्क अधिकृत श्री ईश्वर श्रेष्ठले भैपरी आउँदा, आपत विपत पर्दा, दुर्घटना हुँदा गर्नु पर्ने आवश्यक प्राथमिक कार्यवाट उपचार गर्ने तरिकाहरुवारे प्रस्ट पार्नु हुँदै सामान्य उपचारहरु स्वयम्ले गर्न सकिने समेत जानकारी गराउनु भएको थियो । रक्तदान जीवनदान भन्ने नारालाई आत्म साथ गर्नु पर्दछ भनि रगत र रक्तदानको महत्व, आवश्यकता, सदुपयोग आदीवारे जानकारी गराउनुका साथै उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले रक्तदान कार्यले पुनर्जीवन दिने भएकाले यसलाई जीवनदान भनिएको कुरा बताउनुभयो । परोपकार नै महान् पुण्य हो भन्ने भावना राखेर यो कार्यक्रम राखिएको मा धन्यवाद दिनु भयो । उहाँले मन, वचन, र कर्मले सबैजना रक्तदान जस्तो महान् कर्ममा लाग्न समेत उत्प्रेरित गर्नुभयो ।
बचत गर्ने तरिका, आवश्यक खर्च, अनावश्यक खर्च, स्वरोजगार वन्ने व्६वसायका तरिकाहरु लगायत संस्थाले प्रदान गरेका बस्तु तथा सेवा सुविधा लगायत प्रविधीको प्रयोग सम्वन्धी जानकारी गराई युवावर्गलाई वित्तीय रुपमा साक्षर गरी युवा जनशक्ति देशको सर्वाङ्गिण विकासकालागि आवश्यक रहेको व्यक्त गर्दै संस्थाका व्यवस्थापक श्री शिवजी हाकुदुवालले आप्mनो धारणा प्रस्तुतीकरण मार्फत राख्नु भएको थियो ।
सभापति एवं यस कार्यक्रमका मोटिभेस्नल स्पिकर शिक्षक श्री पुनेन्द्र प्रसाद कुसीले एस.ई.ई पश्चात विद्यार्थीहरुलाई मार्ग निर्देशनको आवश्यकता बोध गराई अबको गन्तव्य थप अध्ययन र जीवन उपयोगी तालिमलाई विशेष जोड दिँदै उर्जापूर्ण मार्ग निर्देशन प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रमा सदस्य, सदस्यका परिवार, तारा मा.वि. र बासु मा.वि.का विद्यार्थिहरु गरि जम्मा ५७ जनाको उपस्थितिमा कार्यक्रम सफल भएको थियो । कार्यक्रममा युवा तथा स्वास्थ्य उपसमितिका सदस्य श्री रोशना सुवाल, पुण्यकृष्ण भुजु, सजिना प्रजापति समेतले बोलेको थियो ।











