भक्तपुर क्यान्सर अस्पतालमा फेरी आन्दोलन सुरु
भक्तपुर, मंसिर ६ गते
भक्तपुर क्यान्सर अस्पतालमा फेरी आन्दोलन चर्केको छ । भक्तपुर क्यान्सर अस्पताल सरकारी अस्पतालको रुपमा रुपान्तरण भएपछि सबै खुसि भएका थिए तर विगत २२ वर्ष देखि क्रियाशिल रहेका २७९ कर्मचारीहरु सबैलाई निकाल्ने संकेट गरेपछि अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरु अहिले आन्दोलनमा उत्रेका हुन् । गत कार्तिक २४ गते बसेको मन्त्रीपरिसद्को बैठकले भक्तपुर क्यान्सर अस्पताललाई सरकारी अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेसँगै अस्पताल सञ्चालनका लागि बनाएको कार्यविधिमा सबै कर्मचारीलाई करारमा राख्न सकिने भनि उल्लेख गरेको पाए पछि सो अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन । आज देखि आन्दोलमा उत्रिएका चिकित्सक कर्मचारीले अस्पतालका इमरजेन्सी सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरेको अस्पतालका प्रशासक राजाराम तजलेले बताउनु भएको छ । सो अस्पतालमा ५४ जना चिकित्सक, ९८जना नर्स र ६३ कर्मचारी गरी २१५ स्थायी कर्मचारी रहेका थिए भने अन्य ६४ अस्थायी सहित २७९ जना कर्मचारीहरु क्रियाशिल रहेका थिए । अस्पतालमा स्थायी सेवामा रहेका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई समेत हटाएर करारमा राखेर अस्पताल सञ्चालन गर्ने सरकारको नीति आएपछि कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन । अहिले अस्पताल परिसरमा रहेर चिकित्सक कर्मचारी आन्दोलनमा रहेका छन् । कार्यरत चिकित्सक कर्मचारी आन्दोलनमा उत्रिएपछि मन्त्रालयसँग बार्ता गर्न एक टोली स्वास्थ्य मन्त्रालय पुगेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













